विराट कोहलीसँगको सम्बन्ध बारेमा पहिलो पटक बोलिन् तमन्ना भाटिया

 फागुन १९, २०७५ आइतबार १६:१४:३४ | उज्यालो सहकर्मी
unn.prixa.net

भारतीय क्रिकेटर विराट कोहलीले अभिनेत्री अनुष्का शर्मासँग विवाह गरिसकेका छन् । विवाह गरिसकेका विराटको नामसँग साउथकी अभिनेत्री तमन्ना भाटियाको नाम जोडेर बेलाबेलामा खबरहरु भने आइरहेका हुन्छन् । 

विवाहअघि विराट कोहली र तमन्ना भाटियाले एकअर्कालाई डेट गरेका थिए । तर पछि विराटले बलिउडकी स्टार अभिनेत्री अनुष्का शर्माका साथ विवाह गरे । 

विराट कोहलीले अनुष्कासँग विवाह गर्दाताका पनि तमन्ना भाटियासँग जोडेर विभिन्न खबरहरु सार्वजनिक भएका थिए । अहिले अभिनेत्री तमन्ना भाटिया स्वयंले विराट कोहलीसँगको प्रेम सम्बन्धका विषयमा सार्वजनिक भएका खबरहरुको जवाफ दिएकी छिन् । 

तमन्नाले एउटा अन्तरवार्तामा भनेकी छिन्, ‘एउटा विज्ञापनको छायांकनपछि विराटलाई मैले कहिल्यै भेटेकी छैन । न मेरो उनीसँग कुनै कुराकानी नै भएको छ । एड विज्ञापन छायांकनको समयमा म र विराटबचि सायद चार शब्दको कुराकानी मात्रै भएको थियो होला,’ तमन्नाले अगाडि भनिन्, ‘त्यसपछि विराटलाई मैले कहिल्यै भेटेकी छैन । न त हामीबीच कुनै कुराकानी नै भएको छ ।’

अभिनेत्री तमन्ना भाटियाले विराट कोहली र उनीबीच पे्रम सम्बन्ध रहेको थियो भन्ने खबर झुटो रहेको कुरा बताएकी छिन् । 

साथै विराट र आफूबीच कुनै पनि किसिमको सम्बन्ध नरहेको पनि बताएकी छिन् । तमन्नाले विराट कोहलीको प्रशंसा गर्दै उनी कैयौं अभिनेताभन्दा सुन्दर रहेको अभिव्यक्ति पनि दिइन् । 


 

अन्तिम अपडेट: चैत ६, २०८०

तपाईको प्रतिक्रिया