भारतबाट आएका शिकारीले खोटाङमा १२ दिनमा समाते १४७ वटा बाँदर

 फागुन १९, २०७५ आइतबार १८:५८:२३ | उज्यालो सहकर्मी
unn.prixa.net

खोटाङ - खोटाङमा १२ दिनमा १४७ वटा बाँदर समातिएको छ ।

राष्ट्रिय निकुञ्जमा पुर्‍याउने गरी दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–५ लफ्याङको छर्का, लुछिम लगायतका स्थानबाट मंगलबारसम्ममा १४७ वटा बाँदर समातिएको बाँदर नियन्त्रण तथा व्यवस्थापन समितिका कोषाध्यक्ष मनोज राईले बताउनुभयो ।

अन्नबाली सखाप पारेर किसानलाई हैरान पारिरहेका बाँदरलाई समातेर निकुञ्ज पुर्‍याउनका लागि गत फागुन ७ गतेदेखि लफ्याङबाट ‘बाँदर समाउ’ अभियान थालिएको हो ।

खेतबारीमा लगाएको मकै, गहुँ, कोदो, अलैंची, आलु, धान, मास, दाल, करेला, सुन्तला, कागती, केरा लगायतका बालीनाली सखाप बनाएर हैरान पारेपछि बाँदरलाई खुसीनगर उत्तरप्रदेशका पेसेवार शिकारीमार्फत जालमा समातेर निकुञ्ज पुर्‍याएर छाड्ने अभियान थालिएको बाँदर नियन्त्रण तथा व्यवस्थापन समितिले जनाएको छ ।

दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाभित्रका १५ वडाका किसानलाई हैरान पारिरहेका बाँदरलाई समातेर निकुञ्ज पुर्‍याउनका लागि नगरपालिकाकै १० लाखको खर्चमा शिकारीलाई जिल्ला भित्र्याइएको हो ।

आउँदाे जेठ मसान्तभित्रमा प्रतिवडा दुई हजारका दरले २५० वटा बाँदर समात्नेगरी नगरपालिका र बाँदर नियन्त्रण तथा व्यवस्थापन समितिबीचमा सम्झौता भएको बाँदर नियन्त्रण तथा व्यवस्थापन समितिका अध्यक्ष दुर्गाप्रसाद घिमिरेले बताउनुभयो ।

सुरुमा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाबाट सुरु गरिएको ‘बाँदर समाउ’ अभियान जिल्लाका १० वटै स्थानीय तहमा पुर्‍याइने समितिले जनाएको छ ।
 

अन्तिम अपडेट: फागुन १८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया