भक्तपुरको कौशलटारमा फर्निचर उद्योगमा आगलागी, लाखौँको क्षति

 फागुन २०, २०७५ सोमबार ८:४२:२७ | उज्यालो सहकर्मी
unn.prixa.net

भक्तपुर – भक्तपुको कौशलटार फर्निचर उद्योगमा आगलागी भएको छ । मध्यपुरथिमी नगरपालिका वडा नम्बर ३ कौशलटारमा स्थानीय राजु श्रेष्ठले सञ्चालन गरेको श्रेष्ठ फर्निचर उद्योगमा आइतबा राति ११ बजे तिर आगलागी भएको हो । 

आगलागीबाट उद्योग पूर्णरुपमा जलेर नष्ट भएको छ । उद्योगसँगै राजु श्रेष्ठको चार तले पक्की घरको पछाडिपट्टी पनि आंशिक क्षति पुगेको छ ।

उद्योग छेउमा रहेको दुर्गा श्रेष्ठको घरको कम्पाउण्डमा टहरामा मंगल श्रेष्ठले सञ्चालन गरेको कुल्फी उद्योगमासमेत आगो सल्किएर क्षति भएको छ । आसपासका तीन घरमासमेत क्षति पुगेको प्रहरीले जनाएको छ । 

७ वटा दमकल, पानीको ट्याङकर र प्रहरीको सहयोगमा सोमबार बिहान आगो निभाइएको छ । 


 

अन्तिम अपडेट: भदौ ३१, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया