ललिता निवास जग्गा प्रकरणमा विशेष अदालतको फैसलाविरुद्ध सर्वोच्च...
फागुन २१, २०८१ बुधबार
काठमाण्डौ - सैनिक मञ्च टुडिखेलमा सैनिक कला प्रदर्शन गर्दा सेनाका एकजना घाइते भएका छन् ।
सोमबार महाशिवरात्री तथा सेना दिवसको अवसरमा टुँडिखेलमा आयोजित सैनिक कला प्रदशर्नका क्रममा प्यारासुटको माध्यमबाट 'फ्री फल जम्प' देखाउने क्रममा सेनाका पूर्णबहादुर भण्डारी घाइते हुनुभएको हो ।
प्राविधिक कारणले सही रुपमा तल झर्न नसक्दा दुर्घटना हुन पुगेको सैनिक प्रवक्ता सहायक रथी यामप्रसाद ढकालले जानकारी दिनुभयो ।
आकाशमा उडिरहेको प्यारासुट प्राविधिक गडबडी आएपछि भण्डारी अनियन्त्रित हुँदै टुँडिखेलमा खस्न पुगेका थिए । प्यारासुटबाट खसेका भण्डारीलाई तत्काल नेपाली सेनाको टोलीले उद्धार गरेर नजिकैको वीर अस्पतालमा उपचारका लागि लगेको थियो ।
प्यारासुट खसेपछि सैनिक कला हेरेर बसेका दर्शकसमेत दुर्घटनास्थलमा दौडादौड गर्दै उद्धारका लागि पुगेका थिए ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।