पश्चिम अफ्रिकाका केही देशमा पछिल्लो दुई सय वर्षयताकै धेरै गर्मी
बैशाख ६, २०८१ बिहिबार
भारतीय अन्तरिक्ष यात्री राकेश शर्माको जीवनमा आधारित फिल्म ‘सारे जहाँ से अच्छा’का लागि बलिउडमा लामो समयदेखि अन्यौल भइरहेको छ ।
सुरुमा अभिनेता आमिर खानले राकेश शर्माको भूमिका निर्वाह गर्ने बताइएको थियो । तर आमिर खानले आफू अन्य फिल्ममा व्यस्त भएका कारण फिल्ममा अभिनय गर्न नसक्ने भन्दै शाहरुख खानलाई यस फिल्ममा अभिनय गर्न अनुरोध गरेका थिए ।
आमिरको आग्रहमा शाहरुख खानले यस फिल्ममा अभिनय गर्ने बताएका थिए तर केही समयपछि उनले पनि यस फिल्ममा काम गर्न अस्वीकार गरे ।
त्यसपछि अभिनेता विक्की कौशल राकेश शर्माको भूमिकाका लागि फाइनल भएका खबरहरु सार्वजनिक भएका थिए । तर फिल्मफेयरले सार्वजनिक गरेको खबरअनुसार ‘सारे जहाँ से अच्छा’ मा अभिनेता विक्की कौशल नभएर रणबिर कपूर फाइनल भएको बताइएको छ ।
अभिनेता रणबिर कपूरको तर्फबाट भने यस विषयमा कुनै पनि आधिकारिक जानकारीहरु आइसकेको छैन । रणबिर कपूर यतिबेला निर्देशक अयान मुखर्जीको फिल्म ‘ब्रम्हास्त्र’को छायाँकंनमा व्यस्त छन् ।
यसका साथै रणबिर कपूर लव रंजनको नयाँ फिल्ममा अभिनेता अजय देवगनका साथ देखिनेछन् । यसैबीच रणबिर कपूरले राकेश शर्माको बायोपिकमा अभिनय गर्ने निर्णय छिट्टै नै लिन सक्ने बताइएको छ ।
यस फिल्मको निर्माण रोनी स्क्रुवाला र सिद्धार्थ रोय कपूरले गर्नेछन् ।