उत्पादन बढाउन नौकुण्ड गाउँपालिकाले बाँड्यो १४ सय किलो मकैको बीउ

 फागुन २०, २०७५ सोमबार १८:३८:१६ | उज्यालो सहकर्मी
unn.prixa.net

रसुवा – नौकुण्ड गाउँपालिकाको कृषि शाखाले मकै खेती गरिरहेका कृषकलाई मकैको बीउ वितरण गरेको छ । 

गाउँपालिकामा मकै उत्पादन बढाउनका लागि बीउ वितरण गरिएको हो । गाउँपालिकाको ४ वटा वडाका कृषकलाई १४ सय केजी मकैको बीउ वितरण गरिएको शाखाले जनाएको छ । 

मकै खेती हुने क्षेत्रमा अरुण २ र रामपुर कम्पोजिट जातको बीउ वितरण गरिएको शाखा प्रमुख शम्भूप्रसाद राईले बताउनुभयो । ‘मकै उत्पादन हुने क्षेत्रका किसानलाई बीउ दिएका छौँ’, उहाँले भन्नुभयो, ‘गएको वर्ष वितरण गरिएको बीउले पनि राम्रो उत्पादन दिएको छ ।’ 

गएको वर्ष पनि १४ सय केजी नै बीउ वितरण गरिएको थियो । ‘बर्सेनि बीउ परिवर्तन गर्न सकेमा उत्पादन राम्रो हुन्छ’, उहाँले भन्नुभयो, ‘यसका लागि प्रचारप्रसार पनि उतिकै आवश्यक छ ।’ 

कृषकले ५० प्रतिशत अनुदानमा बीउ पाएका छन् । प्रत्येक वर्ष बीउ परिवर्तन हुँदा उत्पादन बढ्ने र रोग किरा पनि कम लाग्ने शाखाले जनाएको छ । बीउ वितरण गर्नुका साथै शाखाले ७५ प्रशित अनुदानमा मकै छोडाउने मेसिन समेत वितरण गरेको छ । 

यो वर्ष १२ वटा मकै छोडाउने मेसिन प्रदान गरिएको हो । 

अन्तिम अपडेट: फागुन १९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया