राहत शिक्षकको प्रदर्शनमा प्रहरी हस्तक्षेप, मंगलबार देशभरका सामुदायिक विद्यालय बन्द गर्ने घोषणा

 फागुन २०, २०७५ सोमबार १७:३७:२० | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - राहत तथा बाल विकासमा कार्यरत शिक्षकहरुले आफूहरुलाई स्वतः स्थायी हुने कानुनी व्यवस्था गर्न सरकारसँग माग गर्दै सोमबार काठमाण्डाैमा गरेको प्रर्दशनमा प्रहरीले हस्तक्षेप गरेको छ । 

आफूहरुलाई स्वत: स्थायी हुने व्यवस्थासहित संघीय शिक्षक ऐन ल्याउन दबाब दिँदै सोमबार काठमाण्डाैको नयाँ बानेश्वरमा गरेको राहत तथा बाल विकास केन्द्रमा कार्यरत शिक्षकहरुको प्रर्दशनमा प्रहरीले निषेधित क्षेत्र तोडन लागेपछि हस्तक्षेप गरेको हो ।

माइतीघर मण्डलाबाट नयाँ बानेश्वर पुगेका प्रर्दशनकारीहरुले नयाँ बानेश्वरमा निषेधित क्षेत्र तोडन लागेपछि प्रहरीले पानीको फोहोरा र अश्रुग्यास समेत प्रहार गरेको थियो । यता, राहत तथा बाल विकास केन्द्रमा कार्यरत शिक्षकहरुले भने आफूहरुको शान्तिपूर्ण आन्दोलनमा प्रहरीले हस्तक्षेप गरेको भन्दै विरोधमा मंगलबार देशभरका सामुदायिक विद्यालयहरुको पठनपाठन बन्द गर्ने घोषणा गरेका छन् ।

गएकाे असोज २२ गते आफूहरुको सबै माग पूरा गर्ने सम्झौता सरकारले अझै कार्यान्वयनमा नल्याएपछि आफूहरु आन्दोलनमा गर्न बाध्य हुनु परेको नेपाल राहत शिक्षक संघ, केन्द्रिय कार्य समितिका अध्यक्ष खेमराज अधिकारीले जानकारी दिनुभयो । उहाँले संघीय शिक्षक ऐनमा आफूहरुलाई स्वतः स्थायी हुने व्यवस्था नगरेसम्म आन्दोलन जारी राख्ने चेतावनीसमेत दिनु भयो ।

राहत तथा बाल विकास केन्द्रमा कार्यरत शिक्षकहरुले आफूहरुलाई स्वतहः स्थायी बनाउनुपर्ने  माग गर्दै सरकारलाई दवाव दिँदै आएका छन । नेपालमा हाल ४० हजार भन्दा बढि राहत तथा ३६ हजार भन्दा बढी बाल विकास केन्द्रमा कार्यरत शिक्षकहरु रहेका छन । स्वत: स्थायी गर्ने कानुनी व्यवस्था गर्न उनीहरुले सरकारलाई दवाव दिइरहेका हुन ।

अन्तिम अपडेट: फागुन १८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया