अष्ट्रेलियालाई हराउँदै भारत च्याम्पियन्स ट्रफी क्रिकेटको फाइनलमा
फागुन २१, २०८१ बुधबार
काठमाण्डाै – राष्ट्रपति विद्यादेवी भण्डारीले महाशिवरात्रीको अवसर पारेर पशुपतिनाथको दर्शन गर्नुभएको छ ।
राष्ट्रपति भण्डारीले सोमबार अपरान्ह ४:३० बजे महाशिवरात्रीको अवसर पारेर पशुपतिनाथ मन्दिरको दर्शन गर्नुभएको हो । यस अवसरमा मन्दिरमा पुजारीबाट राष्ट्रपति भण्डारीले टिका/प्रसाद समेत ग्रहण गर्नुभएको थियो ।
त्यसैगरी उपराष्ट्रपति नन्दबहादुर पुनले पनि पशुपतिनाथको दर्शन गर्नुभएको छ । राष्ट्रपति भण्डारी पुगेको पाँच मिनेट पछि ४:३५ मिनेट जाँदा उपराष्ट्रपति पुनले पशुपतिनाथको दर्शन गर्नुभएको हो । उहाँले पनि पुजारीबाट टिका/प्रसाद ग्रहण गर्नुभएको पशुपति क्षेत्र विकास कोषका सदस्य सचिव डा. प्रदिप ढकालले जानकारी दिनुभयो ।
पशुपतिनाथमा महाशिवरात्रीको अवसर पारेर भारतबाट समेत आएका गरेर लाखाैँ दर्शनार्थीको घुइँचो लाग्ने गर्दछ । यस वर्ष दर्शनार्थीहरु बढेको पशुपति क्षेत्र विकास कोषले जनाएको छ । साेमबार रातिसम्म करिव ११ लाख दर्शनार्थीहरुले पशुपतिनाथको दर्शन गर्ने अनुमान गरिएको छ ।
मन्दिर प्रवेशका लागि दर्शनार्थीहरुलाई मित्रपार्क, जयबागेश्वरी र पिंगलास्थानबाट व्यवस्था मिलाइएको छ भने भित्र पुगेपछि पाँच वटा लाइनको व्यवस्था गरिएको पनि पशुपति क्षेत्र विकास कोषका सदस्य सचिव ढकालले बताउनुभयो ।
तस्बिर - रासस
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।