सरकारले स्थानीय तहलाई भन्यो : वार्षिक परीक्षा आउँदैछ, स्कुल बन्द गर्न नदिनू

 फागुन २०, २०७५ सोमबार १९:५५:५६ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – सरकारले शैक्षिक सत्रको अन्तिम अवस्था तथा वार्षिक परीक्षा नजिक आएकाले पठनपाठन प्रभावित गर्ने आन्दोलन नगर्न आग्रह गरेको छ ।

राहत तथा बाल विकास केन्द्रमा कार्यरत शिक्षकहरुले भने आफूहरुको शान्तिपूर्ण आन्दोलनमा प्रहरीले हस्तक्षेप गरेको भन्दै विरोधमा मंगलबार देशभरका सामुदायिक विद्यालयहरुको पठनपाठन बन्द गर्ने घोषणा गरेपछि शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले एक प्रेस विज्ञप्ति सार्वजनिक गर्दै स्थानीय सरकारलाई निर्वाध रुपमा पठनपाठनको वातावरण मिलाउन पनि आग्रह गरेको छ । 

दुई दिनदेखि राहत तथा बाल विकासमा कार्यरत शिक्षकहरु आफूहरुलाई स्वतः स्थायी हुने कानुनी व्यवस्था गर्न सरकारसँग माग गर्दै काठमाण्डौमा प्रर्दशनमा उत्रिएका छन् । 

आफूहरुलाई स्वतः स्थायी हुने व्यवस्थासहित संघीय शिक्षक ऐन ल्याउन दबाब दिँदै सोमबार काठमाण्डौको नयाँ बानेश्वरमा गरेको राहत तथा बाल विकास केन्द्रमा कार्यरत शिक्षकहरुको प्रर्दशनमा प्रहरीले निषेधित क्षेत्र तोड्न लागेपछि हस्तक्षेप गरेको थियो ।

शिक्षा मन्त्रालयले भने व्यापक सहभागिता, छलफल र सबैको सुझावलाई समेटी शिक्षा विधेयक तर्जुमाको चरणमा रहेको जनाएको छ । ऐन निर्माण प्रारम्भिक चरणमै रहेकाले पनि मन्त्रलायले सम्बन्धित पक्षलाई आन्दोलनका कार्यक्रम नगर्न अनुरोध गरेको छ ।


 

अन्तिम अपडेट: फागुन २०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया