अष्ट्रेलियालाई हराउँदै भारत च्याम्पियन्स ट्रफी क्रिकेटको फाइनलमा
फागुन २१, २०८१ बुधबार
दोलखा – प्रसिद्ध धार्मिक तथा पर्यटकीय स्थल कालिञ्चोक भगवती मन्दिर दर्शन गर्न करिब १५ हजार सर्वसाधारणले केबलकार चढेका छन् ।
कालिञ्चोक भगवती मन्दिरमा दर्शन गर्न आएका दर्शनार्थीलाई मध्यनजर गर्दै केबलकार सञ्चालन गरेको ३ महिनाको अवधिमा १५ हजार दर्शनार्थीले सेवा लिएको हो ।
तीन महिनाको अवधिमा १५ हजार दर्शनार्थीलाई केवलकार चढाउँदा दुई करोड रकम संकलन भएको कालिन्चोक दर्शन लिमिटेडका प्रमुख कार्यकारी अधिकृत अशोक शिवाकोटीले जानकारी दिनुभयो । एक व्यक्तिको टिकटबाट लिएको रकमको २ प्रतिशत स्थनीय विकासको लागि र १५ प्रतिशत नेपाल सरकारको लागि कर छुट्याउने गरेकोे कालिञ्चोक दर्शन लिमिटेडले जनाएको छ ।
मंसिर १८ गतेबाट सञ्चालनमा आएको केबलकारले दर्शनार्थीलाई सेवा दिँदै आएको छ । कालिञ्चोक मन्दिर दर्शनका लागि दैनिक कालिञ्चोकमा २ हजार भन्दा बढी दर्शनार्थी पुग्छन् ।
दर्शनका लागि पुगेका मध्य दिनमा ५ सय देखि १ हजार ५ सय जनाले केबलकार चढ्ने गरेको कालिन्चोक दर्शन लिमिटेडका प्रमुख कार्यकारी अधिकृत शिवाकोटीले जानकारी दिनुभयो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।