स्रष्टासँग साक्षात्कार

 फागुन २१, २०७५ मंगलबार ८:२८:१५ | उज्यालो सहकर्मी
unn.prixa.net

कतार – नायिकाको भुमिकामा चलचित्रमा अभिनय गर्दागर्दै एकाएक ‘वराङ्गना’ उपन्यास लेखेर साहित्यको यात्रामा होमिएकी सोभिता सिम्खडाले कतार आएर यहाँका साहित्य अनुरागीहरुसँग साक्षात्कार एवम् अन्तर्क्रिया गरेकी छिन् । 

अन्तरक्रियामा सहभागी साहित्य अनुरागीहरुले उपन्यास लेखन र चलचित्रमा अभिनय गर्दाको भिन्नता, उपन्यासमा उठाइको पात्र र समुदाय, अध्यात्म, साहित्यलगायतका विषयमा जिज्ञासा राखेका थिए । 

अभिनेत्री एवम् उपन्यासकार सिम्खडाले आफू सानैबेला जुन समुदायको नजिक हुर्किएको उसैलाई  उपन्यासको पात्र बनाएकैले वराङ्गना उपन्यास जिवन्त बनेको र आफूले पाठकहरुबाट धरै नै राम्रो प्रतिक्रिया पाएको बताइन् । 

ध्यान, योग र साधनामासमेत सक्रिय उनले हेर्ने आँखा र सन्तुष्टि लिन सक्ने मन भए सारा जगतनै सुन्दर हुने भएकोले आफू धन आर्जन गर्ने भन्दा पनि सुखी र खुसी रहने मार्गतर्फ लागेको भन्दै आफ्नो काम र कमाइबाट सन्तष्ट रही तनाब र चिन्ताबाट मुक्त हुन सहभागी सबैसँग आग्रहसमेत गरेकी थिइन् ।


 

अन्तिम अपडेट: बैशाख ४, २०८१

तपाईको प्रतिक्रिया