खाना पकाउने ग्यासमा उद्योगीका लागि कमिसन बढे पनि उपभोक्ताका ...
फागुन २१, २०८१ बुधबार
उदयपुर – उदयपुरको चौदण्डीगढी नगरपालिकामा १४ वर्षीय बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा एक युवक पक्राउ परेका छन् । पक्राउ पर्नेमा यही नगरपालिकाका २५ वर्षीय मिनकुमार श्रेष्ठ रहेको इलाका प्रहरी कार्यालय बेल्टारले जानकारी दिएको छ ।
फागुन १७ गते राति ७ बजेको समयमा १४ वर्षीया बालिकालाई बालिकाकै घरमा कोही नभएको मौका छोपी जबरजस्ती करणी गरेको भन्ने पीडितका आफन्तले २० गते प्रहरीलाई जाहेरी दिएपछि इलाका प्रहरी कार्यालय बेल्टार उदयपुरबाट खटिएको प्रहरी टोलीले श्रेष्ठलाई पक्राउ गरेको प्रहरी निरीक्षक गंगा पौडेलले जानकारी दिनुभयो ।
पक्राउ परेका श्रेष्ठको सम्बन्धमा थप अनुसन्धान भैरहेको प्रहरी निरीक्षक पौडेलले बताउनुभयो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।