घुस रकमसहित  दुईजना कर्मचारी पक्राउ

 फागुन २२, २०७५ बुधबार १०:२१:३९ | उज्यालो सहकर्मी
unn.prixa.net

बाँके – अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बाँकेबाट मंगलबार दुईजना कर्मचारीलाई घुस सकमसहित पक्राउ गरेकाे छ । 

अख्तियारको सम्पर्क कार्यालय नेपालगञ्जले मंगलबार साँझ खाद्य आयात निर्यात गुणस्तर प्रमाणिकरण कार्यालयका प्रमुख विनोद श्रीवास्तवलाई ३५ हजार र नेपालगञ्ज भन्सार कार्यालयका नासु लक्ष्मण चन्दलाई ५२ हजार रुपियाँ घुससहित पक्राउ गरेको हाे । 

श्रीवास्तवले चामलको गुणस्तर प्रमाणिकरण  र चन्दले आयात सहजीकरणका लागि घुस रकम माग गरेको सूचनाका आधारमा खटिएको टोलिले उनीहरुलाई पक्रेको हो । 

अख्तियारको सम्पर्क कार्यालय नेपालगञ्जका सूचना अधिकारी कृष्ण पौडेलले यातायात ब्यवस्था कार्यालय नेपालगञ्जबाट सवारी चालक अनुमतिपत्रको लिखित परीक्षासम्बन्धी कागजातसमेत नियन्त्रणमा लिएको जानकारी दिनुभयो । 

अन्तिम अपडेट: बैशाख १३, २०८१

तपाईको प्रतिक्रिया