खाना पकाउने ग्यासमा उद्योगीका लागि कमिसन बढे पनि उपभोक्ताका ...
फागुन २१, २०८१ बुधबार
काठमाण्डौ - पर्वतीय पर्यटनमा ज्यान गुमाएका मजदुर र पर्यटकको सम्झनामा काभ्रेको तिमालमा बन्न लागेको स्मृति पार्कमा पर्यटनमन्त्री रवीन्द्र अधिकारीको शालिक राखिने भएको छ ।
पार्क निर्माणको योजना अघि बढाएको ट्रेकिङ एजेन्सिज एसोसियशन अफ् नेपाल (टान)ले एक साताअघि हेलिकप्टर दुर्घटनामा निधन हुनुभएका संस्कृति पर्यटन तथा नगारिक उड्डयन मन्त्री अधिकारी सहित सातै जनाको शालिक राख्न सरकारसँग आग्रह गरेको हो ।
पर्वतीय पर्यटनमा ज्यान गुमाएका मजदुर र पर्यटकको सम्झनामा पार्क निर्माण हुँदै गरेको र पर्यटन मन्त्रालय नै सम्हालेका मन्त्री पर्यटन प्रबर्दनमा लाग्दा लाग्दै निधन भएकाले उहाँको पनि शालिक राख्न सरकारलाई आग्रह गरिएको टानका निर्वतमान महा सचिव कर्ण लामाले बताउनुभयो ।
स्मृति पार्क निर्माणमा मन्त्री अधिकारीले समेत ठूलो भूमिका निर्वाह गर्नुभएको भन्दै टानले उहाँलगायत हेलिकप्टर दुर्घटनामा परि निधन भएका सबै जनाको शालिक राख्ने विषयमा सरकारसँग आग्रह गरेको उहाँले बताउनुभयो ।
हेलिकप्टर दुर्घटनामा मन्त्री अधिकारीसहित यति एयरलाइन्सका प्रबन्ध निर्देशक आङछिरिङ शेर्पा, नेपाल नागरिक उड्डयन प्राधिकरणका उपमहानिर्देशक वीरेन्द्रप्रसाद श्रेष्ठ र निर्देशक ध्रुव भोछिभोया, प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका उपसचिव युवराज दाहाल, हेलिकप्टरका क्याप्टेन प्रभाकर केसी र मन्त्री अधिकारीका सुरक्षाकर्मी अर्जुनकुमार घिमिरेको निधन भएको थियो ।
तिमाल डाँडाको करिब १ सय ४० रोपनी क्षेत्रफलमा स्मृति पार्क बनाउनका लागि ‘टान’ ले सन् २०११ देखि काम गरिरहेको छ । स्मृति पार्क निर्माणकार्यलाई अघि बढाउन पर्यटन बोर्डका साथै संघीय सरकार, प्रदेश सरकार र स्थानीय तहले पनि रकम विनियोजन गरेका छन् ।
पार्कको पहिलो चरणको काम अन्तर्गत पार्कस्थलसम्म पुग्ने सिँढी निर्माणको काम बनिरहेको छ ।
बुद्धिस्ट मास्टर ट्रेल अन्तर्गत निर्माण भइरहेको स्मृति पार्कसँगै स्थानीय संस्कृति झल्कने संङ्ग्रहालय, वनभोजस्थल, भ्यु टावरका साथै आश्रम स्थल बनाउने योजना अनुसार काम भइरहेको टानका निर्वतमान महासचिव लामाले बताउनुभयो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।