यात्रामा समावेश गीत ‘चट्ट रुमाल क्यामालुम काेटैकाे खल्तीमा’ रिलिज

 फागुन २२, २०७५ बुधबार १३:१३:२३ | उज्यालो सहकर्मी
unn.prixa.net

‘यात्रा : अ म्युजिकल ब्लग’मा समावेश गी त‘चट्ट रुमाल’ सार्वजनिक गरिएको छ । पुरानो फिल्म ‘आफ्नो मान्छे’ मा समावेश स्वर्गीय अभिनेता श्रीकृष्ण श्रेष्ठ र निरुता सिंहको नृत्य रहेको निकै चर्चित यस गीतलाई रि–एरेन्ज गरेर फिल्म ‘यात्रा : अ म्युजिकल ब्लग’मा राखिएको छ । आउँदो चैत २९ मा रिलिज हुने फिल्ममा समावेश गीतको कोरियोग्राफी उत्कृष्ट बनाइएको छ ।

सञ्चारकर्मी बाबुराम दाहालको शब्द रचनामा तयार गीतमा संगीत शम्भुजित बास्कोटाको रहेको छ भने यसमा शम्भुजित र साधना सरगमले स्वर दिएका थिए । रि– एरेन्ज गरिएको गीतमा भने धर्मेन्द्र सेवान र मेलिना राइले स्वर दिएका छन् भने यसलाई राजन इशानले रि–एरेन्ज गरेका हुन् । गीतलाई प्रविन सिंहले कोरियोग्राफ गरेका छन् । गीतमा राइजिङ स्टार सलिनमान बनियाँ, सलोन बस्नेत, डेब्यू गर्ल मलिका महत, जान्हवी बस्नेत, रेअर राई, प्रेक्षा बज्राचार्य, विशाल सापकोटालगायत फिचर्ड छन् ।

गीत केही समय अगाडी नै छायांकन गरिएको भएता पनि निर्माण पक्षले यसबारे केहि जानकारी गराएको थिएन । फिल्ममा सुहाउँदो स्थान भएकाले गीतलाई राखिएको निर्माता केशव भट्टराईले बताएका छन् । उनी फिल्म यात्राका निर्मातामध्येका एक हुन् भने ‘आफ्नो मान्छे पनि उनले नै निर्माण गरेका थिए । गीतमा कलाकारहरु रेगुलर भन्दा केही फरक ड्रेसमा देखिएका छन् । गीतलाई झन्डै ४ दिनलगाएर छायांकन गरिएको थियो । निकै चर्चित गीतलाई फिल्मले नयाँ पुस्तामा लाग्ने फिल्मका अभिनेता सलिनको विश्वास छ ।

फिल्ममा उनी ब्लगरको भूमिकामा छन् । फिल्मलाई सम्राट शाक्यले निर्देशन गरेका छन् । दुई दशक अगाडी सहायक निर्देशक भइ यस क्षेत्रमा भित्रिएका सम्राटले मुख्य सहायक निर्देशक भई काम गरेको फिल्महरु के यो माया हो, मेरो लभ स्टोरी, कोही मेरो, नोभेम्बर रेन, होमवर्क, छक्का पञ्जा, ऐश्वर्य, कृ लगायत चर्चामा थिए ।

फिल्ममा सलिनसँगै, सलोन बस्नेत, जान्वी बस्नेत, जय नन्दलामा , रेअर राई, प्रेक्षा बज्राचार्य, धिरेन शाक्य, राजाराम पौडेल, विशाल कटवाल, समृद्धि राई, योगेश जंगकुँवर, इश्वर पौडेल, नानीकाजी डंगोल, राजेश विसुराल, इश्वर पौडेल, विशाल पहाडी, प्रजोल भट्टराई, देशभक्त खनाल, कमल मैनाली, सौगातशर्मा लगायतको अभिनय रहनेछ । यसै फिल्ममार्फत मल्लिकामहतले डेब्यु गर्दैछिन भने यसमा विदेशी कलाकारहरु चाइनाका जुन झाङ र केन्याका बबीको पनि अभिनय रहनेछ । फिल्ममा बाल कलाकारको रुपमा पछिल्लो समय यूट्युबमाचर्चा रहेकाअंकित संग्रौला र एञ्जल राई रहेका छन् ।

कोटकी कालिका देवीफिल्म्स प्राइभेट लिमिटेड, क्रिएटिभ फिल्म प्रोडक्सन र हरि ओम सिने मेकर्सको ब्यानरमा निर्माण हुने फिल्ममा केशव भट्टराईसँगै चिजकुमार श्रेष्ठ पनि प्रस्तुतकर्ता रहेको फिल्ममा विक्रम पराजुली, मुक्ति तिम्सिना र राम शरण घिमिरे सह–निर्माता रहेका छन् । फिल्मका निर्माता सुशील पोखरेल हुन् भने यसको कार्यकारी निर्माता सर्जुमान लिगल रहेका छन् । फिल्ममा कथा पनि सम्राटकै रहेको छ भने यसलाई उनिसँगै सुरेश न्यौपाने, प्रतिक पौडेल र शिशिर खातीले मिलेर लेखेका हुन् ।

फिल्मको मुख्य सहायक निर्देशक सुरेश नै रहेका छन् भने यसलाई संजय लामाले खिचेका हुन् । फिल्ममा प्रविन सिंहको कोरियोग्राफी, हिमाल केसीको द्वन्द, बनिश शाहको सम्पादन, आशिष पौडेलको कस्ट्युम डिजाइन, जटा शंकर गोसाईको आर्ट डिजाइन, निमा लामाको मेकअप र अरुण रेग्मीको प्रोडक्सन डिजाइन रहेको छ ।

फिल्ममा वरिष्ठ संगीतकार शम्भुजित बास्कोटाकोसँगै प्रतिक पौडेल र कोविद बज्रको संगीत रहेको छ । फिल्ममा श्रीधर पौडेलको फोटोग्राफी रहेको छ भने यसमा पब्लिसिटी डिजाइनरको भूमिका टौवा क्रिएसनले निर्वाह गरेका छन् ।

– उज्यालाे र गफगाफ डटकमकाे सहकार्य 
 

अन्तिम अपडेट: चैत १, २०८०

तपाईको प्रतिक्रिया