दीर्घकालीन प्रकृतिका विकास आयोजनाहरुमा लगानी गर्न बैंक तथा वित्तीय संस्थाहरुलाई अर्थमन्त्रीकाे आग्रह

 फागुन २२, २०७५ बुधबार १७:१२:५२ | उज्यालो सहकर्मी

काठमाण्डौ – अर्थमन्त्री डा. युवराज खतिवडाले दीर्घकालीन प्रकृतिका विकास आयोजनाहरुमा लगानी गर्न बैंक तथा वित्तीय संस्थाहरुलाई आग्रह गर्नु भएको छ । 

अर्थमन्त्री खतिवडाले व्यावसायिक क्षेत्रको लगानीमा देखिएको अभाव हटाउन पनि बैंक तथा वित्तीय संस्थाहरुले दीर्घकालीन प्रकृतिका विकास आयोजनाहरुमा लगानी गर्नुपर्ने आवश्यकताा पनि औंल्याउनुभयो । 

बुधबार काठमाण्डौमा नेपाल पूर्वाधार बैंक लिमिटेडको उद्घाटन गर्दै उहाँले देशमा दीर्घकालीन प्रकृतिको विकास आयोजनाका लागि पूँजी र जनशक्ति दुवै आवश्यक रहेको उल्लेख गर्दै त्यो अभाव पूर्ति गर्ने दिशामा अघि बढन पनि बैंक तथा वित्तीय संस्थाहरुलाई सचेत गराउनुभयो ।

अर्थमन्त्री खतिवडाले बैंक तथा वित्तीय संस्थाहरुले छिटो मुनाफा लिने होडमा मात्रै ध्यान केन्द्रित गर्न नहुने पनि स्मरण गराउनुभयो । ४० अर्ब अधिकृत पूँजी र २० अर्ब जारी पूँजीमा स्थापना गरिएको सो बैंकले ४० प्रतिशत शेयर सर्वसाधारणका लागि जारी गरेको छ । 

बैंकका अध्यक्ष अनुज अग्रवालले पूर्वाधार विकासमार्फत सरकारसँग सामाजिक तथा आर्थिक विकासमा सहकार्य गरी लगानीकर्ताहरुलाई सामाजिक लाभांशसमेत प्रदान गर्ने लक्ष्य लिइएको पनि बताउनुभयो ।  

अन्तिम अपडेट: फागुन १८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया