खाना पकाउने ग्यासमा उद्योगीका लागि कमिसन बढे पनि उपभोक्ताका ...
फागुन २१, २०८१ बुधबार
काठमाण्डौ – नेपाल प्रहरीका एक सय २० जनाले एकै दिन बन्जी जम्प गरेका छन् । प्रहरी सेवाको आधारभूत तालिम लिँदै गरेका ९० जना प्रहरी निरीक्षक र ३० जना प्रशिक्षक गरी एक सय २० जनाले सिन्धुपाल्चोकको द लास्ट रिसोर्टबाट बन्जी गरेका हुन् ।
राष्ट्रसेवाको क्रममा उद्धारलगायतका कार्य गर्दा सहासिक गतिविधिमा संलग्न हुनुपर्ने भएकोले तालिम अन्तर्गत मंगलबार बन्जी जम्प गराइएको प्रहरी उपरीक्षक मधुसुदन लुइँटेलले जानकारी दिनुभयो । ‘बन्जीले डरसँग लडेर अघि बढ्न सिकाउँछ, त्यसैले हामीले तालिममा बन्जी समावेश गरेका हौं’, उहाँले भन्नुभयो ।
पाँच प्रशिक्षक र ९ जना प्रशिक्षार्थी गरेर १४ जना महिला प्रहरीले पनि बन्जी गरेको प्रहरीले जनाएको छ ।
प्रहरीहरुलाई जम्प गराउन पाउँदा आफ्नो कामप्रति अझ गर्व बढेको र प्रहरीको अनुशासन देखेर आफू प्रभावित भएको बन्जी मास्टर भोला श्रेष्ठले बताउनुभयो ।
एउटा रिसोर्टले फेरिएका दुई गाउँ : दंग छन् गाउँले
न्यूजिलाण्डका नागरिक डेविड एलर्डाइस र भैरहवाका विष्णु न्यौपानेले सन १९९९ मा सहासिक खेल बन्जी जम्प नेपालमा सुरु गरेका हुन् । झण्डै २ दशक नेपालमा रिभर गाइड काम गरेका डेविड भोटेकोशी नदीमा र्याफ्टिङ सुरु गर्ने पहिलो व्यक्ति हुन् । डेविड र उनको साथी विलियम लिङ्कनलगायतको टोलीले सन १९९९ को नोबेम्बरमा बन्जी उद्घाटन गरेका थिए ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।