भरतमोहन र रवीन्द्र अधिकारीको संयुक्त श्रद्धाञ्जली सभा आज

 फागुन २३, २०७५ बिहीबार ८:२७:२ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – नेपाल कम्युनिष्ट पार्टी नेकपाले आफ्ना दुईजना नेताको सम्झनामा विहीबार काठमाण्डौमा संयुक्त श्रद्धान्जली सभा गर्दैछ । 

पूर्व उपप्रधानमन्त्री तथा अर्थमन्त्री भरतमोहन अधिकारी र पूर्व संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्री रवीन्द्र अधिकारीको सम्झनामा श्रद्धान्जली सभा गर्न लागेको नेकपाले जनाएको छ ।

भृकुटीमण्डपमा दिउँसो १ बजे सुरू हुने श्रद्धान्जलीसभामा नेकपाका दुवै अध्यक्षले सम्बोधन गर्ने नेता कृष्णगोपाल श्रेष्ठले जानकारी दिनुभयो । 

पूर्व उपप्रधानमन्त्री एवम् अर्थमन्त्री भरतमोहन अधिकारीको शनिबार राति ८२ वर्षको उमेरमा निधन भएको थियो । यसैगरी पर्यटनमन्त्री रवीन्द्र अधिकारीको यही फागुन १५ गते ताप्लेजुङमा हेलिकोप्टर दुर्घटनामा निधन भएको थियो ।

अन्तिम अपडेट: फागुन १८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया