लुम्बिनीको पवित्र पोखरीमा भेटियो कृष्णकण्ठ गरुड

 फागुन २३, २०७५ बिहीबार ९:२४:५६ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – अति संकटापन्न जातको चरा कृष्णकण्ठ गरुड लुम्बिनीको पवित्र पोखरीमा भेटिएको छ । नेपालका ठूला चरा मध्ये कृष्णकण्ठ गरुड पनि एक हो । 

यो चरा अहिले नेपालमा २० वटा भन्दा पनि कम मात्रै रहेको अनुमान गरिएको चराविद् हेमसागर बरालले बताउनुभयो । पहिला पहिला नेपालमा रैथाने र बच्चा कोरल्ने कृष्णकण्ठ गरुडले बासस्थान र संरक्षणको अभावका कारण अहिले बच्चा बोरल्न छोडेको छ ।

संरक्षित क्षेत्रमा मात्र पाइने कृष्णकण्ठ गरुड कहिलेकाहीँ कोशी टप्पु र कहिलेकाहीँ  शुक्लाफाँटा वन्य जन्तु आरक्षमा देखिने गरेको चराविद् बरालले बताउनुभयो । यस्तै चितवन र वर्दिया राष्ट्रिय निकुञ्जमा पनि फाट्फुट्ट यो चरा देखिने गरेको छ । 

कृष्णकण्ठ गरुडले शान्त र सुनसान नदी किनारका ठूला रुखमा बच्चा कोरल्ने गर्छ तर अहिले यस्तो वातावरण नहुँदा यो चरा अति संकटापन्नको सूचीमा परेको चराविद बरालले जानकारी दिनुभयो । 
 

अन्तिम अपडेट: फागुन १८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया