ललिता निवास जग्गा प्रकरणमा विशेष अदालतको फैसलाविरुद्ध सर्वोच्च...
फागुन २१, २०८१ बुधबार
काठमाण्डौ – डा.सीके राउत नेतृत्वको स्वतन्त्र मधेस गठबन्धनले राष्ट्रिय सभागृहमा आज दिउँसो राजनीतिक सहमति घाेषणा कार्यक्रम गर्दैछ ।
हिजै मात्र सर्वाेच्च अदालतकाे आदेशपछि रिहा भएका सीके राउतले आज सरकारसँग राजनीतिक सहमति गर्दैछन् । कार्यक्रममा प्रधानमन्त्री ओलीसहित अन्य नेताहरुकाे पनि उपस्थिति रहने बताइएकाे छ ।
पत्रकार सम्मेलनबाट पृथकतावादी गतिविधि गरिरहेका सीके राउतले अब अखण्ड नेपाल स्वीकार गर्दै मूलधारको राजनीतिमा लाग्ने घोषणा गर्नसक्ने सम्भावना रहेको छ ।
आफूहरु कहिल्यै अखण्ड नेपालको विरोधमा नभएको गठबन्धनका सह–संयोजक कैलास महतोले उज्यालो अनलाइनसँग बताउनुभयो । राष्ट्रियसभामा हुने सम्मेलनमा प्रधानमन्त्री पनि आउने भनेर विभिन्न सञ्चारमाध्यममा आएको समाचारप्रति आफूहरुको ध्यानाकर्षण भएको भन्दै उहाँले आफूहरुको र सम्मेलनमा प्रधानमन्त्री आउने कुरा जानकारी नभएको बताउनुभयो ।
यता प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार कुन्दन अर्यालले पनि प्रधानमन्त्री ओलीले दिउँसो १ बजे राष्ट्रिय सभागृह विशेष महत्वको विषयमा सम्बोधन गर्नुहुने बताउनुभयो ।
‘राउतका बारेमा थाहा भएन, प्रधानमन्त्री ओलीका प्रेस सल्लाहकार कुन्दन अर्यालले भन्नुभयो प्रधानमन्त्रीज्यूले दिउँसो १ बजे राष्ट्रिय सभागृह विशेष महत्वको विषयमा सम्बोधन गर्दै हुनुहुन्छ ।’
आधिकारिक रुपमा दुवै पक्षले केही नबताए पनि मधेशमा पृथकताबादी गतिविधी सञ्चालन गरिरहेका सीके राउतले अब मूलधारको राजनीतिमा आउने घोषणा गर्नेछन् । यसअघि मधेस टुक्राउने भन्दै राउतले मधेशमा विभिन्न कार्यक्रम गर्दै आएका थिए ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।