गण्डकी मेडिकल कलेजका पक्राउ परेका कर्मचारीविरुद्ध ठगी मुद्धा

 फागुन २४, २०७५ शुक्रबार १३:४५:५० | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फाेटाे

कास्की – गण्डकी मेडिकल कलेजका दुवै जना कर्मचारीलाई ठगी मुद्धा दर्ता गरिएको छ । विद्यार्थीले दिएको उजुरीका आधारमा पक्राउ परेका उनीहरुविरुद्ध जिल्ला अदालतमा मुद्धा दायर गरिएको हो ।

ठगी गरेको आरोपमा कलेजका १० जनालाई पक्राउ गर्न पक्राउ पुर्जी जारी गरिकोमा कास्की प्रहरीले गण्डकी मेडिकल कलेजका सञ्चालकसमेत रहेका कलेजका पूर्व सीईओ सन्तोष खनाल र परीक्षा नियन्त्रक लक्ष्मण शर्मालाई पक्राउ गरेको थियो । 

बाँकीको पनि खोजी भैरहेको प्रहरीले जनाएको छ । अध्यक्ष अर्यालसहित अन्य फरार रहेको र सम्बन्धित क्षेत्रमा सर्कुलर गरिसकेको कास्की प्रहरी प्रमुख एसपी ओम रानाले बताउनुभयो ।
 

अन्तिम अपडेट: फागुन १९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया