छहरेमा ट्रकको ठक्करबाट मोटरसाइकलमा सवार एक जनाको ज्यान गयो
कात्तिक १६, २०८१ शुक्रबार
दाङ - दाङमा शुक्रबार भएका छुट्टाछुट्टै घटनामा दुई जनाको ज्यान गएको छ ।
घोराही मुर्कुटी सडक खण्डको घोराही उपमहानगरपालिका-४ ढुंगेमोड नजिकै रा १ ख ८९० नम्बरको टिप्परले रा ३ प ३३५७ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा बंगलाचुली गाउँपालिका ३ बस्ने ५९ वर्षीय ठाकुरप्रसाद महराको ज्यान गएको छ ।
मोटरसाइकलको पछाडि बसेका महराको उपचारका लागि राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ल्याउने क्रममा ज्यान गएको जिल्ला ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।
मोटरसाइकल चालक बंगलाचुली २ का कमलाल पौडेलको खुट्टामा चोट लागेको र प्रतिष्ठानमा उपचार भैरहेको प्रहरीले जनाएको छ । घटनामा संलग्न टिप्पर र मोटरसाइकललाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
यसैगरी दाङमा करेन्ट लागेर एक जनाको ज्यान गएको छ । तुुलसीपुुर उपमहानगरपालिका–१८ बिजौरीमा करेन्ट लागेर सल्यानको कपुुरकोट गाँउपालिका–५ पाङराङका दिपेशकुुमार विकको ज्यान गएको हो ।
बिजौरीमा निर्माणाधीन घरमा आल्मुुनियमको पाइप जडान गर्दै गरेको बेला पाइपले घर नजिकैको विद्युुतको हाइभोल्टेजको तार छुुँदा करेन्ट लागेको थियो । ११ हजार भोल्टेजको करेन्ट लागेर गम्भीर घाइते भएका विकको उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।
मृतक विकको शवलाई पोष्टमार्टमका लागि तुुलसीपुुरको राप्ती प्रादेशिक अस्पतालमा राखिएको आफन्त जीवन नेपालले जानकारी दिनुुभयो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।
दाङमा बसेर पत्रकारिता गर्ने हेमराज शर्मा लामो समयदेखि उज्यालोमा कार्यरत हुनुहुन्छ ।