५ नम्बर प्रदेश सभाबाट ३ विधेयक पारित

 फागुन २६, २०७५ आइतबार १७:४५:२९ | भवानीप्रसाद पाण्डे
unn.prixa.net

रुपन्देही – प्रदेश नम्बर पाँचको प्रदेश सभा बैठकले ३ वटा विधेयक पारित गरेको छ ।

आइतबार बसेको प्रदेश सभाको बैठकले भवन निर्माण कार्यलाई व्यवस्थित एवं नियमित गर्न बनेको विधेयक, दाना पदार्थ सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक र प्रदेश नम्बर पाँच जाँचबुझ आयोग गठन तथा काम, कर्तव्य र अधिकारको सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक पारित गरेको हो ।

बैठकमा सामाजिक विकास मन्त्री सुदर्शन बरालले प्रदेश स्वास्थ्य संस्था स्थापना, सञ्चालन, नवीकरण तथा स्तरोन्नति गर्न बनेको विधेयक दफावार छलफलका लागि सदनमा पेश गर्नुभयो । 

अन्तिम अपडेट: बैशाख ३, २०८१

भवानीप्रसाद पाण्डे

रुपन्देहीका उज्यालो सहकर्मी भवानीप्रसाद पाण्डे बुटवल एफएममा पनि काम गर्नुहुन्छ । 

तपाईको प्रतिक्रिया