घरेलु टाेली अस्ट्रेलियामाथि भारतकाे २ सय १८ रनकाे अग्रता
मंसिर ८, २०८१ शनिबार
इलाम – इलाममा सुरु भएकाे अन्तरराष्ट्रिय आमन्त्रण माइभ्याली गोल्डकप फुटबल प्रतियोगिताकाे उद्घाटन खेलमा पाहुना टोली दार्जिलिङ युनाईटेड क्लब भारतले विजयी सुरुवात गरेको छ ।
आयोजक माइभ्याली फुटबल क्लब इलामविरुद्ध १–० को संघर्षपूर्ण जित निकाल्दै दार्जीलिङले विजयी सुरुआत गरेको हो । प्रतिष्पर्धात्मक खेलमा निर्धारित समयको इन्जुरी समयमा दार्जीलिङका देवाशिष राइले गोल गर्दै टिमलाई जित दिलाएका थिए ।
दार्जीलिङका वाङदेन तामाङ खेलकाे म्यान आफ द म्याच घोषित हुँदै १० हजार रुपैयाँ प्राप्त गरे ।
प्रतियोगिता अन्तरगत सोमबार हिमालयन शेर्पा क्लब काठमाण्डौ र नेप्लिज फुटबल एकाडेमी हङकङबीच हुनेछ ।
यस संस्करणमा नेपाल, भारत, हङकङ र क्यामरुनका गरी १० टिमको सहभागिता रहेकाे छ । यसपटक दाउफिन्स क्लब क्यामरुन, नेप्लिज फुटबल एकाडेमी हङकङ, त्रिभुवन आर्मी, नेपाल प्रहरी, सशस्त्र प्रहरीको (एपीएफ), हिमालयन शेर्पा क्लब काठमाण्डौ, थ्रीस्टार क्लब ललितपुर, दाजिलिङ युनाईटेड क्लब भारत, मेची नेत्रालय झापा र आयोजक माइभ्याली फुटबल क्लबको सहभागिता रहनेछ । प्रतियोगिताको फाइनल आउँदाे चैत ५ गते हुनेछ ।
प्रतियोगिताको विजेताले नगद ७ लाख र उपविजेताले ४ लाख रुपैयाँसहित ट्रफी, पदक र प्रमाणपत्र पाउनेछन् । २०७१ सालदेखि सुरु गरिएको माइभ्याली गोल्डकप पूर्वी पहाडमै सबैभन्दा बढी धनराशी पुरस्कार भएको प्रतियोगिता हो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।