रुपन्देहीमा तरुण दलका कार्यकर्ताको हत्या, हत्यामा संलग्न भएको आरोपमा तीनजना पक्राउ

 फागुन २७, २०७५ सोमबार ६:३७:५२ | भवानीप्रसाद पाण्डे
unn.prixa.net

रुपन्देही – रुपन्देहीको देवदहमा तरुण दलका एकजना कार्यकर्ताको हत्या भएको छ । देवदह प्रहरी चौकीका प्रमुख भरत थापाका अनुसार देवदह नगरपालिका वडा नं ५ का २० वर्षीय अमिस पुरीको चिरपट र ढुङ्गाले हानेर आइतबार राति हत्या भएको हो ।

देवदहबाट भलुहीतर्फ मोटरसाइकलमा आउँदै गरेका पुरीलाई फोन गरेर बोलाएर पेट्रोल पम्प पछाडि सडकबाट १ सय मिटर भित्र लगेर चिरपट, ढुङ्गालगायतले हानेर हत्या गरिएको देवदह नगरपालिका प्रमुख हिरा खत्रीले जानकारी दिनुभयो । उनको छातीमा गहिरो चोट छ । 

गम्भीर घाइते भएका पुरीलाई उपचारको लागि देवदह मेडिकल कलेजमा लैजाने क्रममा ज्यान गएको हो । हत्यामा संलग्न भएको आशंकामा प्रहरीले ३ जनालाई नियन्त्रणमा लिएको छ । 

– यसअघि प्रकाशित समाचारमा गाेली हानी हत्या भएकाेमा सच्याइएकाे छ । 

अन्तिम अपडेट: बैशाख ६, २०८१

भवानीप्रसाद पाण्डे

रुपन्देहीका उज्यालो सहकर्मी भवानीप्रसाद पाण्डे बुटवल एफएममा पनि काम गर्नुहुन्छ । 

तपाईको प्रतिक्रिया