गाईको पुच्छरमा बेरिएर बालकको मृत्यु

 फागुन २७, २०७५ सोमबार ११:५९:४२ | उज्यालो सहकर्मी
unn.prixa.net

उदयपुर – गाईको पुच्छरमा बेरिएर उदयपुरमा एक बालकको ज्यान गएको छ । ज्यान जानेमा कटारी नगरपालिका ८ थलियाका लिल बहादुर मगरका छोरा ५ वर्षीय आयुष मगर रहेको इलाका प्रहरी कार्यालय कटारीका प्रमुख ध्रुवकुमार श्रेष्ठले जानकारी दिनुभयो । 

गाईको पुच्छर र बालकको कम्मरमा डोरीले बाँधिएको अवस्थामा गाईले घिसार्दा ज्यान गएको हुन सक्ने प्रहरी प्रमुख श्रेष्ठले जानकारी दिनुभयो । 

बालक शनिबार साथीहरुसँग गोठालो गएका थिए । त्यही बेला उनका एक साथीले आयुषको कम्मरमा डोरीले कसेर गाईको पुच्छरमा बाँधिदिएको भनिएको छ । पुच्छरमा बाँधिदिएपछि गाई तर्सेर भाग्दा बालकको घिसारिएर ज्यान गएको हो ।

घटनामा ज्यान गुमाएका बालकको शव आइतबार कानुनी प्रकृया पूरा गरी परिवारलाई जिम्मा लगाएको छ भने घटना गराउने अर्का बालकलाई आवश्यक अनुसन्धानको लागि गाईघाटबाट आइतबार म्याद थप गरी कटारी ल्याइएको डीएसपी श्रेष्ठले जानकारी दिनुभयो ।


 

अन्तिम अपडेट: फागुन १८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया