कर्मचारीलाई मतदान गर्ने व्यवस्था मिलाउन निर्वाचन आयोगको आग्रह
मंसिर १२, २०८१ बुधबार
रुकुम पश्चिम – प्रदेशस्तरीय भलिबल प्रतियोगितामा ह्याट्रिक गरेका रुकुम पश्चिमका खेलाडीहरुलाई गृह जिल्लामा स्वागत गरिएको छ ।
आठौं राष्ट्रिय खेलकुद प्रतियोगिताको तयारीस्वरुप सल्यानमा प्रदेशस्तरीय पुरुष भलिबल आयाेजना गरिएकाे थियाे । प्रतियोगिताको उपाधि हात पारेका रुकुमका खेलाडीको सम्मानका लागि जिल्लामा विभिन्न संघसंस्थाले सोमबार सम्मान कार्यक्रम आयोजना गरेका हुन् ।
गृहजिल्ला पुगेको पुरुष भलिबल समूहलाई जिल्ला समन्वय समिति, मुसिकोट नगरपालिका, नेपाली कांग्रेस रुकुम, जिल्ला खेलकुद विकास समिति, जिल्ला क्रिकेट संघ, जिल्ला ब्याडमिन्टन संघलगायतले सम्मान गरेका हुन् ।
जिल्ला समन्वय समितिले एक औपचारिक कार्यक्रम आयोजना गरी अबिर, माला तथा दोसल्ला ओढाएर सम्मान गरेको हो । त्यसैगरी मुसीकोट नगरपालिकाले पनि सम्मान सँगै पुरुष भलिबल, उसु र कराते खेलमा उपाधि हात पारेका खेलाडीहरुलाई जनही दुई-दुई हजार नगद रुपैयाँ प्रदान गरेको छ ।
खेलकुदको क्षेत्रबाट रुकुमलाई राष्ट्रमा चिनाउन महत्वपूर्ण योगदान गरेकाले सम्मानस्वरुप रुपैयाँ प्रदान गरिएको नगरप्रमुख देवीलाल गौतमले बताउनुभयो ।
यसका साथै खेलाडीहरुलाई नेपाली कांग्रेस रुकुम पश्चिम, जिल्ला क्रिकेट संघ, जिल्ला ब्याटमिण्टन संघलगायतका अन्य संघ संस्थाहरुले पनि सम्मान गरेका छन् । जिल्ला ब्याडमिन्टन संघ रुकुमका अध्यक्ष अनिल बुढाले खेलाडि समूहलाई नगद ५ हजार रुपैयाँसहित सम्मान गर्नुभएको छ ।
खेलाडीहरुको मनोबल वृद्धि गर्न र उनीहरुको क्षमतालाई कदर गर्नको लागि सम्मान कार्यक्रमको आयोजना गरिएको नेपाली कांग्रेस रुकुमका जिल्ला सचिव गोरखबहादुर खत्रीले बताउनुभयो ।
जिल्ला पुगेदेखि नै आफूहरुलाई विभिन्न संघ-संस्था तथा राजनीतिक पार्टीहरुले सम्मान गरिरहेको र यसले खेलाडीहरुमा थप उर्जा बढेको पुरुष भलिबल समूहका कम्तान सुधिर शाहले बताउनुभयो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।