बलिउड फिल्म ‘कलंक’को टिजर सार्वजनिक : अप्रिल १७ बाट प्रदर्शनमा आउने

 फागुन २८, २०७५ मंगलबार १७:१०:५४ | एजेन्सी
unn.prixa.net

फिल्म निर्माता करण जोहरको बहुप्रतिक्षित फिल्म ‘कलंक’को टिजर सार्वजनिक भएको छ । फिल्म ‘कलंक’ को यस टिजरमा अभिनेता सञ्जय दत्त, माधुरी दीक्षित, आदित्य रोय कपूर, सोनाक्षी सिन्हा, वरुण धवन र आलिया भट्ट मुख्य भूमिकामा देखिएका छन् । 

टिजरमा सुरुमा अभिनेता आदित्य रोय कपूर र आलिया भट्टको विवाह भइरहेको देखाइएको छ भने आलिया भट्ट र वरुण धवनबीचको केमेस्ट्री देखाइएको छ । टिजरमा धेरै डायलग नभए पनि भएका २/३ वटा डायलगबाटै यो फिल्म निकै उत्कृष्ट होला भन्ने अनुमान लगाउन सकिन्छ । 

यस फिल्ममा कलाकारहरुको जीवन्त अभिनयका साथै फिल्मको सेट पनि भव्यताका साथ प्रस्तुत छ । फिल्ममा बलिउडकी ‘धकधक गर्ल’ माधुरी दीक्षितको डान्सको कोरियोग्राफ सरोज खानले गरेकी छिन ।

टिजर सार्वजनिक भएसँगै दर्शकहरुमाझ यस फिल्म प्रतिको उत्सुकता अझै बढाइदिएको छ । अभिषेक वर्मनको निर्देशन रहेको फिल्म ‘कलंक’ २०१९ को अप्रिल १७ मा रिलिज हुनेछ । 

 

अन्तिम अपडेट: चैत १६, २०८०

तपाईको प्रतिक्रिया