पाेखराकाे रत्नमन्दिर दरबार सर्वसाधारणका लागि खुला
जेठ १५, २०८० सोमबार
काठमाण्डाै - नेपालको एक मात्र हास्यव्यंग्य रेडियो स्टेशन रेडियो अडियोले हरेक वर्ष झैं यस वर्ष पनि श्रोताहरुलाई निम्त्याएर विशेष कार्यक्रमको आयोजना गर्दैछ ।
नेपाली चलचित्र दालभात तरकारी निर्माण युनिट र रेडियो अडियोको संयुक्त आयोजनामा यस वर्षको होली विशेष कार्यक्रम आयोजना गर्न लागिएको हो ।
‘होली सबै नेपालीहरुले एक आपसमा सद्भाव प्रकट गरेर मनाउने पर्व भएका कारण हामीले सबैसँग सद्भाव कायम गर्न कार्यक्रमको आयोजना गर्न लागेका हौँ,’ दालभात तरकारीका प्रस्तुतकर्ता किरण केसीले भन्नुभयो ।
सँधै झँै यस वर्षको होली विशेष कार्यक्रममा पनि विभिन्न कलाकारहरुको उपस्थिति रहने छ । कार्यक्रममा वरिष्ठ हास्यकलाकार मदनकृष्ण श्रेष्ठ, हरिवंशआचार्यसँगै किरण केसी, दिपकराज गिरी, दिपाश्री निरौला, केदार घिमिरे, जितु नेपाल, लगायत विभिन्न गायक–गायिकाहरुको प्रस्तुति रहनेछ ।
रेडियो अडियोको प्राङ्गणमा आयोजना हुने कार्यक्रमलाई नेपाल टेलिभिजनका साथै रेडियो अडियो र देश भरिका विभिन्न रेडियो स्टेशनहरुले समेत प्रत्यक्ष प्रसारण गर्ने छन् ।
कार्यक्रम बिहान १० बजे बाट सुरु भएर दिउँसो ३ बजे सम्पन्न हुने बताइएको छ ।
मनाेज दाहाल कला तथा मनाेरञ्जन विधामा कलम चलाउनुहुन्छ ।