शहीद स्मृति गोल्डकप: उद्घाटन खेलमा मकवानपुर विजयी

 चैत ७, २०७५ बिहीबार १९:२:५१ | हरि हुमागाईं
unn.prixa.net

मकवानपुर - हेटौंडामा बिहीबारदेखि सुरु भएको शहीद स्मृति गोल्डकप प्रतियोगिताको उद्घाटन खेलमा आयोजक टिम मकवानपुर ११ विजयी भएको छ ।

उद्घाटन खेलमा काठमाण्डौको मच्छिन्द्र फुटबल क्लबलाई २–१ गोल अन्तरले पराजित गर्दै मकवानपुर ११ विजयी भएको हो । मकवानपुरका तर्फबाट विदेशी खेलाडी काजिमले २ गोल गरे भने मछिन्द्रको तर्फबाट डोम्बाबिया महमदले १ गोल गरे ।

बाँस र फलामको प्यारापिटमा बसेर ३ हजार दर्शकले खेल हेरेका थिए । प्रतियोगितामा घरेलु र एक विदेशी टोलीसहित राष्ट्रियस्तरमा चर्चित ए डिभिजनका आठ टोलीको सहभागिता रहेको छ । प्रतियोगितामा आयोजक, विदेशी क्लब दाउफिन्स, थ्रीस्टार, त्रिभुवन आर्मी, नेपाल प्रहरी, एपीएफ, हिमालयन शेर्पा, च्यासल, सरस्वती र मच्छिन्द्र क्लबले उपाधिको लागि प्रतिस्पर्धा गर्नेछन् । 

प्रतियोगिताको विजेताले ८ लाख रूपैयाँ तथा दोस्रो हुनेले ४ लाख रूपैयाँ प्राप्त गर्नेछन् ।

प्रतियोगिताको सर्वाेत्कृष्ट खेलाडीले ५० हजार रूपैयाँ, व्यक्तिगत विधाका विजेताले जनही २०–२० हजार रुपैयाँ तथा हरेक खेलको म्यान अफ दि म्याचले १० हजार रूपैयाँ प्राप्त गर्ने आयोजकले जनाएको छ ।

अन्तिम अपडेट: मंसिर ७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

हरि हुमागाईं

मकवानपुरका उज्यालो सहकर्मी हरि हुमागाईं नेपाल पत्रकार महासंघको पूर्व जिल्ला अध्यक्षसमेत हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया