चिलिमेका ३ वटा जलविद्युत् आयोजनाको निर्माण सकियो, १६८ मेगावा...
मंसिर ८, २०८१ शनिबार
काठमाण्डाै - मंगलबार नेत्र विक्रम चन्द विप्लव नेतृत्वकाे नेकपाका विभिन्न नेता तथा कार्यकर्तालाई प्रहरीले पक्राउ गरेको छ ।
प्रहरीले तनहुँ तथा सप्तरीबाट जिल्लास्तरीय नेता तथा कार्यकर्तालाई पक्राउ गरेकाे हाे ।
प्रहरीले व्यास-६ का २५ वर्षीय सुनिल कुमाल, बन्दीपुर-५ का ३१ वर्षीय मयुर बुढा नामले चिनिने अम्मरराज बुढा र व्यास-१४ केशवटारका ५३ वर्षीय भेष बहादुर सुनारलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रवक्ता एवं प्रहरी नायव उपरिक्षक श्यामु अर्यालले जानकारी दिनुभयाे ।
पक्राउ परेका विप्लव नेता तथा कार्यकर्ताको साथबाट सहयोग रसिद, विभिन्न राजनैतिक पुस्तकहरु, पर्चा पम्प्लेट, स्ट्याम्प लगायतका सामग्री बरामद गरेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।
उनीहरूलाई मुलुकी फौजदारी कार्यविधि ९संहिता० ऐन, २०७४ को दफा ९९१० बमोजिम नियन्त्रणमा लिई कानुनी दायरमा ल्याइएको प्रहरी प्रवक्ता अर्यालले बताउनुभयाे ।
पक्राउ परेकामध्ये कुमाल अखिल नेपाल क्रान्तिकारी लमजुङ जिल्ला अध्यक्ष तथा विप्लव समूहका लमजुङ जिल्ला सदस्य हुन् । बुढाले तनहुँ जिल्ला सदस्य र सुनारले विप्लव समूहको भातृ संगठन दलित मुक्ति मोर्चा तनहुँको जिल्ला अध्यक्षको जिम्मेवारी सम्हाल्दै आएको प्रहरीले जनाएको छ ।
त्यस्तै, सप्तरीको विभिन्न ठाउँबाट पनि प्रहरीले विप्लव नेतृत्वको नेकपाका ३ जना जिल्ला स्तरीय नेतालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरुमा सप्तरीको कञ्चनरुप नगरपालिका वडा नम्बर६ का ५२ वर्षीय नुन्नु राम, शम्भुनाथ नगरपालिका वडा नम्बर-६ का ४६ वर्षीय गणपति साह र छिन्नमस्ता गाउँपालिका वडा नम्बर-१, बरही बिरपुरका ४० jर्षीय तेजनारायण यादव रहेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।
प्रहरीले खोजतलास गर्ने क्रममा उनीहरुलाई जिल्लाको विभिन्न स्थानबाट पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय सप्तरीका एसपी राजेन्द्र विष्टले जानकारी दिनुभयो । उहाँका अनुसार पक्राउ परेकाहरुमाथि आवश्यक अनुसन्धान भइहेको जनाएको छ ।
-तनहुँबाट समुन्द्र पाैडेल र सप्तरीबाट शुभनारायण यादवकाे सहयाेगमा
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।