पाकिस्तानमा धार्मिक हिंसा भड्किँदा कम्तीमा ३२ जनाको ज्यान गयो
मंसिर ८, २०८१ शनिबार
बाँके - राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव केशवकुमार बिष्टले मिति घोषणासँगै राष्ट्रिय खेलकुद प्रतियोगिताका बारेमा देखिएको अन्याेल अन्त्य भएको बताउनुभएको छ ।
राष्ट्रिय खेलकुद प्रचारप्रसार उपसमितिले आइतबार नेपालगञ्जमा आयोजना गरेको पत्रकार भेटघाटमा सदस्य सचिव बिष्टले प्रतियोगिताको सुरुवातसम्म सकेसम्म सबै भौतिक पूर्वाधारको निर्माण पुरा गर्नेगरी काम भइरहेको बताउनुभयो ।
राष्ट्रिय खेलकुदको यसअघि मङ्सिर र माघमा मिति घोषणा भएपनि हुन नसकेपछि अन्यौलता बढेको थियो ।
प्रतियोगितामा ३५ खेलमा देशभरका सात हजार खेलाडीले प्रतिष्पर्धा गर्ने बिष्टले बताउनुभयो । प्रतियोगिताका लागि अपुग रकम निर्माणतर्फ १५ करोड र खेलकुदतर्फ करिब १२ करोड रुपिया माग गरिएको उहाँले बताउनुभयो । राष्ट्रिय खेलकुद प्रतियोगिताको उद्घाटन वैशाख ५ गते नेपालगञ्ज रङ्गशालामा सुरु भएर ११ गते समापन हुनेछ ।
प्रतियोगिताका केही खेलहरु भने चैत २७ गतेदेखि सुरु हुने भएका छन् । सदस्य सचिव विष्टले भौतिक प्रर्वाधारको निर्माण बारे प्रदेश ५ का विभिन्न जिल्लामा स्थलगत अनुगमन गर्न सुरु गर्नुभएको छ । आइतबार नै सदस्य सचिव बिष्ट दाङ पुग्नुभएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।