आलिया भट्ट र रणबिर कपूरले गोप्य रुपमा गरे इन्गेजमेन्ट ?

 चैत २२, २०७५ शुक्रबार १२:७:२५ | एजेन्सी
unn.prixa.net

बलिउड अभिनेता रणबिर कपूर र आलिया भट्टले गुपचुप रुपमा इन्गेजमेन्ट गरेको खबर यतिबेला चर्चामा छ । साथै आलिया र रणबिरले भारतमा नभइ स्वीट्जरल्याण्डमा इन्गेजमेन्ट गरेको बताइएको छ । रणबिर कपूरले आलियाका अगाडि घुँडा टेक्दै स्वीटजरल्याण्डको सेन्ट मोरिसमा प्रपोज गरेका चर्चा यतिबेला भइरहेको छ । 

रणबिर कपूरले हालै आयोजित एक अवार्ड शो मा आलियाका अगाडि घुँडा टेक्दै आफ्नो माया दर्शाएका थिए । भारतीय सञ्चारमाध्यमका अनुसार रणबिरले स्वीट्जरल्याण्डमा पनि त्यसरी नै घुँडा टेक्दै आलियालाई प्रपोज गरेको बताइएको छ । आलिया र रणबिरले आफ्ना नजिकका साथीहरुलाई इन्गेजमेन्ट पछि  भव्य पार्टी पनि आयोजना गरेको पनि चर्चा रहेको छ ।  

यस विषयमा आलिया र रणबिर वा उनीहरुका परिवारको तर्फबाट कुनै पनि बयान आएको छैन । तर रणबिरका बुवा ऋषि कपूर छिट्टै नै स्वास्थ्य उपचार पूरा गरेर अमेरिकाबाट भारत फर्कने तयारीमा छन् । ऋषि कपूर भारत फर्किएपछि आलिया र रणबिरको विवाह हुने चर्चा पनि  रहेको छ । 

आलिया र रणबिर पनि एकअर्काको प्रेममा रहेको कुरा सार्वजनिक रुपमै ब्यक्त गरिरहेका छन् । पछिल्लो समयमा कसैको प्रवाह नगरी सार्वजनिक रुपमै एकअर्कासँग हातमा हात राख्दै कार्यक्रममा उपस्थित हुनेदेखि लिएर स्टेजमा रोमान्टिक डान्स गर्दै रणबिर र आलियाले आफ्नो प्रेम दुनियाको अगाडि दर्शाइरहेका छन् ।  यस कुराबाट पनि अब उनीहरु छिट्टै नै विवाहको तयारीमा रहेको चर्चा भइरहेको छ । 
 

अन्तिम अपडेट: बैशाख ३१, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया