आजदेखि रातमा काठमाण्डौ प्लाजामा निःशुल्क पार्किङ गर्न सकिने
मंसिर ७, २०८१ शुक्रबार
यूएई – संयुक्त अरब इमिरेट्स यूएईको आबुधाबीमा ट्याक्सी दुर्घटना हुँदा दुई जना नेपालीको ज्यान गएको छ । ट्याक्सीमा रहेका अरु दुई नेपाली घाइते भएका छन् ।
गएको आइतबार राती १२ बजे भएको दुर्घटनामा परेर ज्यान गुमाउनेमा नवलपरासी कावासोती रामनगरका निरोज परियार र शान्ति विक रहेका छन् । शान्तिको भने ठेगाना खुल्न सकेको छैन ।
दुर्घटना गएको आइतबार राती १२ बजे आबुधाबीको साविया ९ नम्बरमा भए पनि दुर्घटनाबारे मंगलबार मात्रै कम्पनीले जानकारी पाएको जनाएको छ ।
ट्याक्सी चालक र ट्याक्सीमा सवार अन्य एक जनाको परिचय पनि खुलेको छैन । घाइतेहरुको अहिले आबुधाबी स्थित खालिफा अस्पतालको सघन उपचार कक्षमा उपचार भईरहेको छ ।
निरोज आबुधाबीको साबियामा रहेको युनिभर्सल हस्पिटलको फार्मेसी शाखामा कार्यरत थिए ।
२६ वर्षिय निरोज परियार ड्युटी सकिने समयमा हस्पिटलमै उपचारका लागि आएकी नेपाली महिला शान्ति विकलाई बिन जायद सिटीमा छोड्न आफ्ना एक जना साथीसँग गइरहेका थिए ।
जायाद सिटी जाँदै गर्दा उहाँहरु चढेको ट्याक्सीलाई पछाडीबाट अर्को कारले ठक्कर दिँदा दुर्घटना भएको स्थानीय प्रशासनले बताएको आबुधाबीमा कार्यरत निरोजका काका ज्योतिलाल परियारले उज्यालोलाई जानकारी दिनुभयो ।
शव आबुधाबीकै खालिफा अस्पतालमा राखिएको परिवारले जनाएको छ । ड्युटी गएको छोरो दुई दिनसम्म कोठामा नफर्किएपछि कम्पनी र आफूहरुले प्रहरी रिपोर्ट गर्दा मात्रै दुर्घटनाबारे खबर पाएको ज्योतिलालले बताउनुभयो ।
मृतक निरोजका बुवा छविलाल परियार समेत यूएईको दुबईमा नै कार्यरत हुुनुहुन्छ । दुर्घटनाबारे आबुधाबीमा रहेको नेपाली दूतावासलाई बिहीबार साँझसम्म कुनै जानकारी नआएको र जानकारीमा आएपछि अस्पताल तथा प्रशासनको सहयोगमा अन्य विवरण बुझेर आवश्यक प्रकृया चालिने नियोग उपप्रमुख तथा प्रवक्ता सागरप्रसाद फुयाँलले बताउनुभयो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।
उज्यालाे सहकर्मी उमाकान्त पाण्डे युएईमा बसेर पत्रकारिता गर्नुहुन्छ।