विवेक ओबेरोय भन्छन् : म माेदीकाे फ्यान हुँ, भक्त हाेइन

 चैत २५, २०७५ सोमबार १४:९:४४ | उज्यालो सहकर्मी
unn.prixa.net

विवेक ओबेरोयको आउँदै गरेको नयाँ फिल्म ‘पीएम नरेन्द्र मोदी’ पछिल्लो समय निकै नै चर्चामा छ ।

लामो समयसम्म विवादमा रहेको उनको यो फिल्म रिलिज हुन बाटो खुलेको छ । विवेक ओबरायले यस फिल्मको बारेमा खुलेर चर्चा गरेका छन् । 

विवेक ओबेराेय उनको आउँदै गरेको फिल्म ‘पीएम नरेन्द्र मोदी’ मा प्रधानमन्त्री नरेन्द्र मोदीको भूमिका निभाएका छन् । यो फिल्म केही दिनदेखि निकै चर्चा र विवादको सामना गरिरहेको थियो । केही राजनीतिक दलले चुनावको बीचमा यो फिल्म रिलिज गर्न नहुने भन्दै विरोध जनाएका थिए । तर अब भने फिल्म रिलिजको लागि बाटो खुलिसकेको छ । 

यस फिल्म लाई लिएर भइरहेको विवादको बारेमा विवेकले भनेका छन्, ‘यो फिल्म रिलिजको विषयलाई लिएर विवाद हुँदा कोही पनि फिल्मको पक्षमा उभिन आएनन् । कुरा राजनीतिक विचारधाराको मात्र नभएर फिल्म निर्माता र दर्शकको अधिकारको हो । हामीले यो अधिकारलाई बचाउन आवश्यक छ । मैले कसैले पनि यो फिल्मको समर्थनमा ट्वीट गरेको देखेको छैन ।’

विवेकसँग प्रश्न सोधियो, के उनी नरेन्द्र मोदीका फ्यान हुन् ? यसको जवाफमा उनले भने, ‘अवश्य  । म कुनै भक्त होइन । मोदीले जे गर्छन् राम्रै गर्छन् भन्ने यस्तो मान्छे पनि होइन । म सबै कुरामा सहमत पनि हुन सक्दिनँ । म हरेक कुरामा सन्तुलित धारणा राख्छु । मलाई नरेन्द्र मोदी युवाहरुको लागि प्रेरणा हुन जस्तो लाग्छ । यति मात्र होइन नरेन्द्र मोदी वयश्कदेखि वृद्धसम्म सबैलाई प्रेरित गर्छन् ।’ 
 

अन्तिम अपडेट: चैत २५, २०८०

तपाईको प्रतिक्रिया