भारतीय चुनाव आयोगले लगायो ‘पीएम नरेन्द्र मोदी’ को रिलिजमा रोक

 चैत २७, २०७५ बुधबार १८:२१:३२ | एजेन्सी
unn.prixa.net

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको बायोपिक चलचित्र ‘पीएम नरेन्द्र मोदी’ आउँदो लोकसभा चुनावअघि रिलिज नहुने भएको छ ।

भारतीय चुनाव आयोगले यसको रिलिजमा बुधबार रोक लगाएको छ । चुनाव आयोगले लोकसभा चुनाव नसकिएसम्म यो चलचित्रको रिलिजमा रोक लगाएको हो । भारतमा अप्रिल ११ देखि मे १९ सम्म गरी सात चरणमा लोकसभा चुनाव हुँदैछ ।

यसभन्दा पहिले भारतीय सर्वोच्च अदालतले यो चलचित्रको रिलिजमाथि रोक लगाउनपर्ने भन्दै कांग्रेसका एक कार्यकताले हालेको रिट खारेज गरेको थियो । सर्वोच्च अदालतले चलचित्रले चुनावी आचारसंहिता उल्लंघन गरे नगरेको चुनाव आयोगले नै तय गर्ने बताएको थियो ।

साथै चलचित्र नहेरी यो आचारसंहिताविपरीत भो भनेर कसरी भन्न सकिन्छ भनेर सर्वोच्चले रिट दायरकर्तालाई सोेधेको थियो ।

कांग्रेससहितका विपक्षी दलले भने यो फिल्मले बीजेपीलाई अनुचित लाभ मिल्ने बताउँदै चुनाव नसकिएसम्म यसको रिलिजमाथि रोक लगाइनुपर्ने बताउँदै आएका थिए । 
यस चलचित्रमा विवेक ओबेरोयले नरेन्द्र मोदीको भूमिका निर्वाह गरेका छन् । चलचित्रमा मोदीका विभिन्न कालखण्डका उतारचढावलाई देखाइएको विवेकले बताएका छन् । 

अन्तिम अपडेट: फागुन ३०, २०८०

तपाईको प्रतिक्रिया