अनसन बस्न डाक्टर गोविन्द केसी कर्णालीमा

 असार १५, २०७५ शुक्रबार १०:४३:५९ | नेत्र शाही
unn.prixa.net

जुम्ला – डाक्टर गोविन्द केसी १५ औँ अनसनका लागि जुम्ला जाँदै हुनुहुन्छ ।  

चिकित्सा शिक्षा अध्यादेशलाई तोडमोड गरेर  ल्याउन खोजिएको भन्दै ध्यान आकर्षणका लागि “कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल” जुम्लामा अनसन बस्ने तयारी गर्नुभएको हो । 

विहीबार नेपालगञ्ज आईपुगेका डाक्टर केसी जुम्ला आउनका लागि नेपालञ्जबाट सार्वजनिक जीप चढेर कर्णाली प्रदेशमा प्रवेश गर्नुभएको हो । उहाँको साथमा उहाँका भाइ इश्वर केसी हुनुहुन्छ । 

उहाँले सरकारले चिकित्सा विधेयक तोडमोड गरेर आउने संकेत देखिएपछि सरकारलाई ध्यानआकर्षण गर्न तथा  निर्णायक आन्दोलनको रुपमा लागि १५ पटकको अनसनको घोषणा गरेको बताउनुभयो । उहाँले कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लामा यति लामो समयसम्म एमबीबीएस पढाईको बाटो खुला नगरेकोलगायतका मागहरु समावेश गरेका छन् ।  


 

अन्तिम अपडेट: मंसिर ३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

नेत्र शाही

जुम्लामा बसेर पत्रकारिता गर्ने नेत्र शाही उज्यालोका जिल्ला सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया