माझी समुदायले लदी पर्व मनाउँदै
फागुन २०, २०८१ मंगलबार
डाेटी - डाेटीकाे बडीकेदार गाउँपालिका– ९ बीपीनगरकाे कापडी गाडमा निर्माण भइरहेको ३.३३ मेगावट क्षमताको सालमुनि हाइड्रो पावरको काम अन्तिम चरणमा पुगेको छ । झण्डै एक अर्बको लगानीमा निर्माण हुन लागेको आयोजना अन्तिम चरणमा पुगेको हो ।
विद्युत पावर हाउसका टनेल इन्चार्ज मीन पोख्रेलले भन्नुभयो, “विद्युतको सम्पूर्ण काम अन्तिम चरणमा पुगेको छ, आशा गरौं, लक्षित समयमै हाम्रो काम सकिने छ ।” यो विद्युत आयोजना निर्माणको जिम्मा सनमानदेवी हाईड्रो पावर तथा स्वयम्भू कन्स्ट्रक्सनले पाएको हो । यही वैशाख अन्तिमसम्ममा सम्पूर्ण निर्माण कार्य सक्ने लक्ष्यकासाथ विद्युत गृहको अन्य काम तीव्र गतिमा भैरहेको छ ।
विद्युत पावर हाउसको एक हजार २ सय मिटर सुरुङ खन्ने कार्य पनि सम्पन्न भएको छ । सनमानदेवी हाइड्रो पावर तथा स्वयम्भू कन्स्ट्रक्सन र नेपाल सरकारबीच सालमुनी हाइड्रो पावरबाट उत्पादन गरिएको विद्युत राष्ट्रिय प्रसारण लाइनमा जोडिने र पछि नेपाल सरकारले नै विद्युत आवश्यक क्षेत्रमा बिक्री वितरण गर्ने सम्झौता भएको छ ।
सम्झौता अनुसार ३० वर्षसम्म विद्युत बिक्रीबाट आएको रकम निर्माण गर्ने कम्पनीले लिने छ । विद्युत निर्माणका लागि करिब एक अर्ब लागत लाग्ने अनुमान गरिएको टनेल इन्चार्ज पोख्रेलले बताउनु भयो । उहाँले भन्नुभयो, “हामीले सुरुमा काम गर्दा ८०/९० करोडको लगानीमा काम सम्पन्न होला भन्ने सोचेका थियौ, पछि काम गर्दै जाँदा एक अर्ब नै लाग्ने देखिएको छ, जे भए पनि अब हामी काम सम्पन्न गरेरै छोड्छौं ।”
बीपीनगरमा विद्युत उत्पादन हुने भएपछि स्थानीयबासी निकै खुशी भएको स्थानीय रोजबहादुर कलेलले बताउनुभयो । “बत्ति नभएर अन्धकार भएको हाम्रो ठाउँमा केही समयमै झिलीमिली हुने भयो, हामी त्यसैमा खुशी छौं,” उहाँले भन्नुभयो ।
विद्युत पावर हाउस निर्माण हुन थालेपछि स्थानीयले पनि अहिले रोजगार पाएका छन् । गाउँमै रोजगारी पाएपछि उनीहरु खुशी छन् । स्थानीय लोकेन्द्रबहादुर छेडालले भन्नुभयो, “विद्युत निर्माणले सबैलाई खुशी नै बनाएको छ, घरको खाना खाएर काम गर्न जान्छन्, रोजगारी मिलेको छ, योभन्दा अरु के नै चाहियो र ?”
पावर हाउसबाट उत्पादन हुने विद्युत वितरणपछि डोटी जिल्ला पूरै लोडसेडिङ मुक्त जिल्ला हुने आशामा पनि स्थानीयबासी खुशी छन् ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।