वृद्धभत्ता बढ्छ : प्रधानमन्त्री ओली

 बैशाख १, २०७६ आइतबार १३:५४:३१ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले वृद्धभत्ता बढाउने बताउनुभएको छ । ज्येष्ठ नागरिकको स्वास्थ्य बीमा र खोलौं बैंक खाता कार्यक्रममा उहाँले वृद्धभत्ता बढ्ने बताउनुभएको हो ।

‘लुकाएर लुक्ने कुरा छैन, वृद्धभत्ता बढ्छ’ उहाँले भन्नुभयो ‘बृद्धभत्ता बढ्दैछ भन्ने सबैलाई थाहा भएकै कुरा हो ।’

बृद्धभत्ताले वृद्धवृद्धालाई बाँच्ने प्रोत्साहन मिलेको पनि उहाँले बताउनुभयो । 

कार्यक्रममा प्रधानमन्त्री ओलीले केही वर्षभित्र नेपाल निरोगी र स्वस्थ हुने पनि बताउनुभयो । 

जेष्ठ नागरिकलाई बीमा अति आवश्यक रहेको बताउनुभयो । स्वस्थ्य अवस्था राम्रो रहेको नागरिकले पनि बीमा गर्नु उचित हुने भए पनि विरामी, अशक्त र जेष्ठ नागरिकको लागि स्वास्थ्य बीमा अनिवार्य गर्न आवश्यक रहेको उहाँले बताउनुभयो । 

सबै नेपालीलाई बैंकिङ दायरामा ल्याएर समृद्ध नेपाल सुखी नेपालीको आफ्नो अभियान सफल पार्न बैंकमा खाता नहुने नेपालीको बैंकले नै १ सय रुपैयाँ थप्ने गरी खाता खोल्ने व्यवस्था पनि मिलाइएको छ । 


 

अन्तिम अपडेट: बैशाख १३, २०८१

तपाईको प्रतिक्रिया