माझी समुदायले लदी पर्व मनाउँदै
फागुन २०, २०८१ मंगलबार
बझाङ - गएको शुक्रबार पक्राउ परेका विप्लव नेतृत्व नेकपा समूहका बझाङ जिल्ला सचिव भरत मल्लको घरमा शनिबार जिल्ला प्रहरी कार्यालयको टोलीले खानतलासी गर्दा हातहतियार फेला परेकाे छ ।
खानतलासीका क्रममा मल्लको घरबाट फोल्ड गर्न मिल्ने कटुवा पेस्तोल एक थान, पेस्तोलमा लाग्ने दुई राउण्ड गोली, फोन सेट एक थान, चरेशजस्तो देखिने कालो पदार्थ, विद्युतीय तार १०.५ मिटर, र बम बनाउन प्रयोग गरिने पाइप (सकेट) एक थान बरामद गरिएको प्रहरी नायब उपरीक्षक सूर्य बहादुर केसीले बताउनुभयो ।
मल्लमाथि थप अनुसन्धानका क्रममा मल्लको घरमा खानतलासी गरिएको केसीको भनाइ छ ।
सबै प्रक्रिया पुर्याएर नै मल्लको घरमा प्रहरीले खानतलासी गरेको डीएसपी केसीले बताउनुभयो । शुक्रबार दिउँसो ३ बजेतिर विथ्थडचिर गाँउपालिकाको स्याँडी प्रहरी चौकीबाट खटेको प्रहरीले मल्ललाई पक्राउ गरेको थियो । प्रक्राउ परेका मल्ल अहिले जिल्ला प्रहरी कार्यालयको हिरासतमा छन् ।
प्रहरीले सवारी साधन चेकिङ गर्ने क्रममा विथ्थडचिर गाँउपालिका नजिकै रहेको स्याँडी प्रहरी चौकीबाट मल्ललाई प्रहरीले प्रक्राउ गरेको थियाे । कैलालीबाट घर आउँदै गरेकाे सूचनाका आधारमा मल्ललाई प्रक्राउ गरिएको डीएसपी केसीको भनाइ छ ।
मल्ललाई चन्दा संकलनको धम्की, ज्यान मार्ने धम्की, संघ–संस्था भत्काउनेसम्मको धम्की दिएको आरोपमा प्रक्राउ गरिएको हो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।