आइतवारदेखि हुन लागेको लगानी सम्मेलनमा नेपालले एक सय ५१ वटा...
बैशाख १४, २०८१ शुक्रबार
पर्वत – नेपालको एक मात्र वन्यजन्तु शिकार आरक्ष बागलुङको ढोरपाटनबाट पोखराका लागि उडेको हेलिकप्टर मौसम खराबीका कारण बलेवामा आकस्मिक अवतरण गरिएको छ ।
मंगलबार साँझ ६ बजे ढोरपाटनबाट उडेको हेलिकप्टर मौसम अनुकुल नभएपछि बागलुङको बलेवामा अवतरण गरेको हो ।
प्रभु हेलिकप्टरको नाइन एन एजेएन कल साइन भएको हेलिकप्टरमा एक जना विदेशी नागरिकसहित दुई जना शिकार आरक्षकै कर्मचारी रहेका थिए । शिकार आरक्ष अवलोकनका लागि आएको र मौसम अनुकुल नभएका कारण बलेवामा अवतरण गरिएको आरक्षका कर्मचारी आशिष थापाले जानकारी दिनुभयो । बलेवामा सुरक्षित अवतरण पश्चात् भोलि बुधबार बिहान गन्तव्यमा जाने थापाले बताउनुभयो ।
लगातार वर्षा र हावाहुरीका कारण पोखरालगायतका क्षेत्रमा मेघ गर्जनसहित भिषण वर्षा भइरहेको छ । वर्षाका कारण सडक यात्रा कष्टदायक त छ नै हवाई यात्रा समेत प्रभावित बनेको छ ।
पर्वतका उज्यालो सहकर्मी सन्तोष थापा त्यहाँको स्थानीय पत्रिकामा पनि काम गर्नुहुन्छ ।