काेहलपुरमा विद्युतीय शवदाह गृह निर्माणका लागि ग्लाेबल आईएमईक...
मंसिर १२, २०८१ बुधबार
मकवानपुर – गृहमन्त्री रामबहादुर थापा बादलले देश र संविधान विरोधि गतिविधि गर्ने विप्लव समूहलाई राजनीतिक मूलधारमा ल्याउन प्रयत्न भैरहेको बताउनु भएको छ । यसअघि पनि विप्लव समूहलाई मूलधारमा ल्याउन प्रयास भैरहेको र अब पनि प्रयास जारी राखिने उहाँले बताउनुभयो ।
गृह मन्त्रालयको आयोजनामा हेटौंडामा प्रदेश नम्बर ३ स्तरीय गोष्ठीको कार्यक्रमलाई बुधबार बिहान संबोधन गर्दै उहाँले कानुन विपरित गतिविधि गर्नका लागि कसैलाई पनि छुट नभएको बताउनुभयो ।
उहाँले भन्नुभयो ‘राज्यविरुद्धका गतिविधि गर्दा सिके राउतलाई पनि पक्राउ गरिएको थियो । अहिले राज्य विरुद्धका गतिविधि गरेकै कारण विप्लवका नेता तथा कार्यकर्तालाई पक्रउ गरिएको हो ।’
भूमिसम्बन्धी अनियमितताको अन्त्य गर्नका लागि आफूहरु लागिपरेको बताउँदै गृहमन्त्री थापाले भन्नुभयो ‘भ्रष्टाचार नियन्त्रण गर्ने पहिलो काम भनेर प्राथमिकताका साथ लागिपरेका छौँ ।’
देशको अखण्डता सँगै सुरक्षा चुनौति पहिले धेरै नै भए पनि अहिले भने त्यस्तो अवस्था नरहेको उहाँको भनाइ छ । देशको सुरक्षाका लागि अभियान सञ्चालन गरिएको उहाँले जानकारी दिनुभयो ।
अब संघ, प्रदेश र स्थानीय तहसँग सहकार्य गरेर सुरक्षालाई अझै मजबुत बनाउन सकिने उहाँले बताउनुभयो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।
मकवानपुरका उज्यालो सहकर्मी हरि हुमागाईं नेपाल पत्रकार महासंघको पूर्व जिल्ला अध्यक्षसमेत हुनुहुन्छ ।