माझी समुदायले लदी पर्व मनाउँदै
फागुन २०, २०८१ मंगलबार
काठमाण्डौ- नेपाली कांग्रेसका सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले प्रेस स्वतन्त्रता हनन गरेर वर्तमान सरकारले अधिनायकवादी शासन देखाएको बताउनुभएको छ ।
नेपाल राष्ट्रिय मगर संघ केन्द्रीय समितिद्वारा आयोजित सुदूरपश्चिम प्रदेशस्तरीय भेलालाई धनगढीमा सम्बोधन गर्दै देउवाले पत्रकारहरुलाई साइबर अपराधका मुद्दा लगाएर पक्राउ गर्न लगाउनु सरकारको अनैतिक क्रियाकलाप भएको बताउनुभएको हो ।
पत्रकारका कलम बन्द गर्ने खालका क्रियाकलाप सरकारले गरिरहेकाले सरकारविरुद्ध कडा रुपमा प्रस्तुत हुने दिन आएको देउवाको भनाइ थियो । पत्रकार सरकारको शत्रु नभइ सहयोगी भएको भन्दै उहाँले सरकारले आफ्ना गल्ती ढाकछोप गर्न पत्रकारमाथि अंकुश लगाउने काम गरिरहेको बताउनुभयो ।
पत्रकारले गलत समाचार लेखेमा कानुनी बाटो अदालती प्रक्रिया भए पनि प्रहरी लगाएर पक्राउ गर्न लगाउनुले सरकार प्रेसलाई दमन गर्न खोज्दैछ भन्ने कुरा स्पष्ट भएको उहाँले बताउनुभयो । देशको विकास नचाहने भ्रष्ट कम्युनिष्ट नेताहरु भएकाले भ्रष्टाचारविरुद्ध समाचार लेख्ने पत्रकारका कलम बन्द गराउने प्रयत्नमा सरकारले काम गरिरहेको उहाँको आरोप थियो । सरकारका अधिनायकवादी गतिविधि टुलुटुलु हेरेर बस्नुभन्दा अब सरकारविरुद्ध सशक्त भएर लाग्ने बेला आएको सभापति देउवाले बताउनुभयो ।
दुई तिहाइको कम्युनिष्ट सरकार आएपछि नागरिकले विकास तथा शान्ति सुरक्षा पाउनुको सट्टा हत्या र हिंसाको आतङ्क बढेको देउवाले धारणा राख्नुभयो । कम्युनिष्ट पार्टीका नेताहरुले झुटा आश्वासन दिएर मात्रै भोट माग्ने बताउँदै सभापति देउवाले नागरिकको मर्मअनुसार काम गर्ने एक्लो पार्टी कांग्रेस भएको दाबी गर्नुभयो ।
नेपाली कांग्रेसले सबै जातजातिको सहभागिता बढाउनका लागि आउँदो महाधिवेशनमा ६ वटा सह–महामन्त्री राख्ने कुरा भइरहेकाले त्यसबाट एकजना महामन्त्री मगर संघका लागि छुट्याइने बताउनुभयो ।
धनगढीमा भएको प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रममा पूर्वमन्त्री तथा नेपाली कांग्रेसका केन्द्रीय सदस्यद्वय एनपी साउद र रमेश लेखक, सुदूरपश्चिमका ९ वटै जिल्लाका पार्टी सभापति, प्रदेशसभा सदस्यहरु, भ्रातृ संगठनका कार्यकर्तालगायतको सहभागिता रहेको थियो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।