माझी समुदायले लदी पर्व मनाउँदै
फागुन २०, २०८१ मंगलबार
लमजुङ - मर्स्याङ्दी नदीमा केही वर्षअघि प्रशस्तै र्याफ्टिङ सञ्चालन हुने गर्दथ्यो । नदीमा र्याफ्टिङ गर्नका लागि विदेशबाट समेत उल्लेख्य संख्यामा पर्यटकरु आउने गर्दथे । लमजुङको ङादीबाट सुरु हुने र्याफ्टिङ यात्रा तनहुँको विमलनगरसम्म पुगेर टुङ्गिन्थ्यो ।
ङादीदेखी विमलनगरसम्मको र्याफ्टिङ यात्रा ५ दिनको हुन्थ्यो । यस यात्रामा पर्यटकले एक दिन ‘रेष्ट’ गर्दथे । तर अहिले यहाँ र्याफ्टिङ यात्रा छोट्टिएको छ । ङादीमा माथिल्लो मर्स्याङ्दी ‘ए’ जलविद्युत आयोजनाको बाँध क्षेत्र रहेको छ । यसैगरी दलालमा मध्यमर्स्याङ्दी जलविद्युत आयोजनाको बाँध क्षेत्र रहेको छ ।
‘मर्स्याङ्दी नदीमा विभिन्न विद्युत आयोजनाका ‘ड्याम साइड’ रहेका छन् । त्यसैले पनि र्याफ्टिङ यात्रा छोट्टिएको छ,’ हिमालयन रिभर गाइड एसोसियशन नेपालका पूर्वअध्यक्ष युवराज अधिकारीले भन्नुभयो, ‘लमजुङको मर्याङ्दी नदीमा पहिलेकोझैँ गरी र्याफ्टिङ सञ्चालन हुन सकेको छैन ।’ उहाँका अनुसार, मर्स्याङ्दी नदीमा हुने र्याफ्टिङ ‘हाइ एड्भेञ्चर’ मानिन्छ । अहिले यहाँ बेलाबखतमा र्याफ्टिङ हुँदै आएको छ । तर पहिलेकोझैँ गरी व्यवसायिक रुपमा र्याफ्टिङ सञ्चालन हुन सकेको छैन ।
‘पहिले ५ दिनको यात्रा हुन्थ्यो । यो ठाउँ र्याफ्टिङ गर्न चाहनेको रोजाइमा पर्थ्याे’, उहाँले थप्नुभयो, ‘तर अहिले यहाँ र्याफ्टिङ यात्रा छोट्टिएको छ । त्यसैले पनि पहिलेकोझैँ व्यावसायिक र्याफ्टिङ सञ्चालन हुन सकेको छैन ।’ उहाँका अनुसार अहिले खुदीबाट दलालसम्म र पाउँदीबाट तनहुँको तुरतुरेसम्म र्याफ्टिङ हुँदै आएको छ । अहिले पनि जिल्लामा विभिन्न मेला–महोत्सवको अवसरमा मर्स्याङ्दी नदीमा र्याफ्टिङ सञ्चालन हुँदै आएको छ ।
लमजुङस्थित मर्स्याङ्दी नदीमा विभिन्न जलविद्युत आयोजनाका ‘ड्याम साइड’ रहेकाले प्रशस्त मात्रामा व्यवसायिकरुपमा र्याफ्टिङ सञ्चालन हुन नसकेको लमजुङ उद्योग वाणिज्य संघ लमजुङका अध्यक्ष राजेश थापाले बताउनुभयो ।
‘यहाँ विभिन्न जलविद्युत आयोजनाका बाँध क्षेत्र रहेका छन् । यसले गर्दा र्याफ्टिङका लागि ठाउँको कमी भयो,’ उहाँले भन्नुभयो, ‘अहिले मर्स्याङ्दीमा फाट्टफुट्ट रुपमा र्याफ्टिङ त भइरहेको छ । तर प्रशस्त मात्रामा व्यवसायिक ढंगले र्याफ्टिङ सञ्चालन हुन सकेको छैन ।’
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।