माझी समुदायले लदी पर्व मनाउँदै
फागुन २०, २०८१ मंगलबार
काठमाण्डाै - नेपाल अभिभावक महासंघले निजी विद्यालयका लागि तोकेको शुल्क तत्काल खारेज गर्न काठमाण्डाै महानगरपालिकासँग माग गरेको छ ।
नेपाल अभिभावक महासंघका संयोजक सुप्रभात भण्डारीले ३० प्रतिशत वृद्धि हुनेगरी तोकिएको त्याे शुल्क तत्काल खारेज गर्न काठमाण्डाै महानगरपालिकासँग माग गर्नु भएको छ । उहाँले सरोकारवाला निकायसँग छलफल नै नगरी शुल्क वृद्धि गरेर आम अभिभावकहरुलाई मारमा पार्ने काम स्थानीय सरकार आफैले गर्न थालेको भन्दै आक्रोश पनि व्यक्त गर्नुभयो ।
बुधबार काठमाण्डाैमा आयोजित एक साक्षात्कार कार्यक्रममा बोल्दै उहाँले अभिभावकहरुले निजी विद्यालयमा निःशुल्क पढाउन नचाहेको भन्दै शुल्क अत्याधिक वृद्धि गर्ने काम नरोके काठमाण्डाै महानगरपालिकाविरुद्ध आन्दोलन गर्न बाध्य हुने चेतावनी पनि दिनुभयो ।
कार्यक्रममा बोल्दै उच्च शिक्षालय तथा माध्यमिक विद्यालय संघ (हिसान)का अध्यक्ष रमेश सिलवालले स्थानीय सरकारले शैक्षिक वातावरण नै धमिल्याउने गरी निजी विद्यालयहरुको शैक्षिक शुल्क तोक्ने गरेको भन्दै आपत्ति जनाउनुभयो । उहाँले शुल्क निधारण गर्दा सरोकारवाला निकायसँग व्यापक छलफल गर्न पनि सबै स्थानीय तहको गम्भीर ध्यानाकर्षण गराउनुभयो ।
काठमाण्डाै महानगरपालिकाले निजी क्षेत्रका विद्यालयहरुको शुल्क ३० प्रतिशतले वृद्धि गरेकोमा सर्वत्र आलोचना हुँदै आएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।