भक्तपुरमा बस र टिप्पर ठोक्किँदा एकजनाको ज्यान गयो, दुईजना घाइते

 बैशाख ५, २०७६ बिहिबार ९:२२:४५ | उज्यालो सहकर्मी
unn.prixa.net

भक्तपुुर – सूर्यविनायक नगरपालिका –१० भातेढिकुरमा बुधबार राति बस र टिप्पर ठोक्किँदा एकजनाको ज्यान गएको छ । दुईजना घाइते भएका छन् । 

भक्तपुरबाट बनेपातर्फ जाँदै गरेको बा ३ ख १७८४ बस र बनेपाबाट भक्तपुरतर्फ आउँदै गरको बा ४ ख ४८१५ को टिप्पर ठोक्किएर दुर्घटना भएको हो । 

दुर्घटनामा बसका मालिक सिन्धुपाल्चोक चौतारा साँगाचोक नगरपालिका– ३ बतासेका ३४ वर्षीय रमेश भण्डारीको ज्यान गएको महानगरीय प्रहरी परिसर भक्तपुरले जनाएको छ । 

दुर्घटनामा गम्भीर घाइते भएका भण्डारीको मध्यपुर अस्पतालमा उपचारको क्रममा ज्यान गएको हो । 

बस चालक सिन्धुपाल्चोक चौतारा साँगाचोक–३ बतासेका २४ वर्षीय सन्तोष थापा र टिप्पर चालक सिन्धुपाल्चोक चौताराका २८ वर्षीय देवकुमार श्रेष्ठ घाइते भएका छन् । उनीहरुको मध्यपुर अस्पतालमा उपचार भैरहेका छ । 
 

अन्तिम अपडेट: चैत १, २०८०

तपाईको प्रतिक्रिया