किर्ते अभियोगमा पूर्वसभासद्सहित २ जना पक्राउ

 बैशाख ६, २०७६ शुक्रबार ८:४९:८ | शुभनारायण यादव
unn.prixa.net

सप्तरी – पूर्व सभासद् तथा राष्ट्रिय जनता पार्टी (राजपा) नेपालका केन्द्रीय सदस्य वीपी यादव सरकारी छाप किर्ते अभियोगमा पक्राउ परेका छन् ।

यादवसँगै सप्तरीकै राजगढ गाउँपालिका– ३ नर्घो निवासी अर्का केन्द्रीय सदस्य हरि मण्डललाई पक्राउ गरिएको छ । छिन्नमस्ता गाउँपालिका– २ मोहनपुर निवासी यादव पहिलो संविधानसभामा मधेशी जनअधिकार फोरम नेपालका तर्फबाट समानुपातिक सभासद् थिए ।

यादव र मण्डलसहितको संलग्नतमा अग्निसाईर कृष्णासवरण गाउँपालिकाको लेटर प्याड, प्रमुख प्रशासकीय अधिकृत धीरेन्द्र यादव, २ नम्बर वडाअध्यक्ष पशुपति चौधरी र ३ नम्बर वडा अध्यक्ष अरुणकुमार चौधरीको छाप किर्ते गरिएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ । घटनाको अनुसन्धानका क्रममा दुवैलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सप्तरीका एसपी राजेन्द्र विष्टले जानकारी दिनुभयो । 

प्रदेश नम्बर २ सरकारद्वारा सप्तरीको अग्निसाईर कृष्णासवरण गाउँपालिका वडा नम्बर २ र ३ मा सञ्चालित विकास योजनाको रकम निकाल्न लेटरप्याड र छाप किर्ते गरिएको जनाइएको छ । भौतिक पूर्वाधार विकास मन्त्रालयबाट सडकमा माटो तथा ग्राभेल गर्न स्वीकृत योजनाको २५ लाख रुपैयाँ निकाल्न कागज तथा छाप किर्ते गरी उपभोक्ता समिति समेत किर्ते खडा गरिएको स्थानीयहरुको भनाइ छ । 

गाउँपालिकाको लेटरप्याड र छाप किर्ते गरेको भन्दै उजुरी परेपछि जिल्ला प्रशासन कार्यालय सप्तरीले प्रहरीलाई पत्राचार गरी घटनाको अनुसन्धान गर्न निर्देशन दिएको थियो । पक्राउ परेका दुवै जनालाई म्याद थप गरी आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।


 

अन्तिम अपडेट: बैशाख १३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

शुभनारायण यादव

शुभनारायण यादव सप्तरीका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया