विरोध प्रदर्शन गर्दै हुनुहुन्छ ? लुभु र गोदावरी जानुहोस्

 असार १५, २०७५ शुक्रबार २०:२:१ | रासस

ललितपुर – ललितपुरमा विरोध प्रदर्शन गर्दै हुनुहुन्छ ? सरकारका कामकारबाही चित्त बुझेन ? शान्तिपूर्ण रुपमा प्रदर्शन गर्ने सोचमा हुनुहुन्छ ? विरोध गर्न पाउनहुन्छ, प्रदर्शनमा उत्रिन पनि पाउनुहुन्छ । तर तपाईँले रोजेको ठाउँमा भने होइन, सरकारले तोकेको ठाउँमा मात्र । 

जिल्ला सुरक्षा समितिले तोकिएका स्थानमा बाहेक अन्य स्थानमा विरोध प्रदर्शन गर्न नपाउने निर्णय गरेको छ । 

समितिको बैठकले ललितपुरका ६ ठाउँलाई विरोध प्रदर्शन गर्न पाउने ठाउँका रुपमा तोकेको महानगरीय प्रहरी परिसर ललितपुरका प्रवक्ता प्रहरी नायव उपरीक्षक नरेन्द्र चन्दले बताउनुभयो । 

महानगरपालिकामा च्यासलको खेल मैदान, भैँसेपाटी छ्यासीकोट नजिकैको खाली ठाउँ र धोबीघाट नजिकै मलपोखरीको खुल्ला स्थानलाई समितिले विरोध गर्न पाउने स्थानका रुपमा तोकेको छ । 

ललितपुरकै गोदावरीको बसपार्क नजिकको खाली ठाउँ, बज्रवाराही मन्दिर ढोका नजिकको खुला ठाउँ र लुभुस्थित सशम्भु चौरमा मात्रै विरोध गर्न पाउने निर्णय भएको परिषरले जनाएको छ । उहाँ भन्नुहुन्छ, ‘यीबाहेक अरुतिर प्रदर्शन गर्दा नियमानुसार कारबाही हुनेछ ।’ 

काठमाडौँ उपत्यकाका तीनै जिल्लामा विरोध गर्ने ठाउँ तोक्ने गृह मन्त्रालयको निर्देशनअनुसार प्रमुख जिल्ला अधिकारी महादेव पन्थको अध्यक्षतामा बसेको समितिले सो निर्णय गरेको हो । 

तोकिएका स्थानमा बाहेक अन्यत्र नारा, जुलुस, भेला, जम्मा, विरोधलगायत कार्यक्रम गर्न नपाइने प्रहरी नायब उपरीक्षक चन्दले बताउनुभयो । तोकिएकाबाहेकका स्थानमा विरोध प्रदर्शन गर्दा स्थानीय शासन सञ्चालन ऐनअन्तर्गत कारबाही हुनेछ । 

यसअघि लगनखेल, जिल्ला प्रशासन कार्यालय अगाडि र कुपण्डोल हुँदै काठमाडौंसम्म विरोधका कार्यक्रम हुने गरेका थिए ।
 

अन्तिम अपडेट: मंसिर १२, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया