माझी समुदायले लदी पर्व मनाउँदै
फागुन २०, २०८१ मंगलबार
काठमाण्डाै - प्रधानमन्त्री तथा नेकपाका अध्यक्ष केपी शर्मा ओलीले प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस अलोकतान्त्रिक बाटोमा हिँडेको बताउनुभएको छ ।
नेपाल कम्युनिष्ट पार्टी स्थापनाको ७०औँ वार्षिकोत्सवको अवसरमा सोमबार राजधानीको प्रज्ञा भवनमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले आफूलाई लोकतान्त्रिक पार्टी भन्ने कांग्रेस अलोकतान्त्रिक बाटोमा हिँडेको बताउनुभएको हो । विगतमा नेपाल कम्युनिष्ट पार्टीभित्र स्वार्थका खेल भएका कारण विभाजनमा पुगेको भन्दै उहाँले अहिले नेपाली कांग्रेस त्यही बाटोमा गएको टिप्पणी गर्नुभयो । उहाँले प्रगतिशील शक्तिका विरुद्ध प्रतिगामी शक्तिसँग साँठगाठ गर्ने गलत प्रवृति नेपाली कांग्रेसमा देखिएको टिप्पणी गर्नुभयो ।
नेपाली कांग्रेसले लोकतान्त्रिक शक्तिसंग एकता गर्नुपर्नेमा प्रतिगामी शक्तिसँग एकता गरेको उहाँको तर्क थियो । उहाँले भन्नुभयो, 'आज अचम्म लाग्छ । कांग्रेस कहाँ पुग्यो । कांग्रेसका धेरै नेताहरु राजतन्त्र फर्काउने सपना देखेर हिँडेको देख्दा विचित्र लाग्छ । कुनै पनि लोकतन्त्रवादीले जन्मसिद्ध श्रेष्ठताका लागि मेरो शासक भैदेउ भनेर दरखास्त हाल्दैन ।'
उहाँले भ्रष्टाचार नियन्त्रणमा कुनै पनि मोलाहिजा नहुने दोहोर्याउनुभयो । वर्तमान सरकारले सुन तस्करीको सबै बाटाहरु बन्द गराएको दाबी पनि उहाँले गर्नुभयो । उहाँले भन्नुभयो, 'सुन तस्करीको प्वाल बन्द गरिदिएका छौँ । खै सुन ? त्यसबेलाकाले थाहा पाउन पर्यो नि कहा पुर्यायाे भनेर ? अहिलेकालाई खै सुन ? आत्तिएका छन् कारोबारीहरु । कारोबारीको पृष्ठभूमिका बसेकाहरु आत्तिएका छन् । अब सूनको तस्करी चल्दैन । जिल्ला जिल्लामा जमिनमुनि गाडेको पनि खोजलेर निकालिएको छ । त्यो देख्नुपर्यो नि ।'
लोकतन्त्र विरोधी शक्तिहरु, विध्वंश मच्चाउने र राष्ट्रिय एकतालाई कमजोर पार्ने तत्वलाई समाप्त पारिएको तथा पृथकतावादी माग बोकेको समुहलाई पनि मुलधारको राजनीतिमा ल्याइएको भन्दै उहाँले पृथकतावादी विचार नै समाप्त हुनु राज्यको लागि खुशीको कुरा भएको बताउनुभयो । उहाँले देशबाट पृथकतावादी विचार समाप्त भएसँगै प्रतिगामी तत्वहरुमा छटपटी भएको बताउनुभयो । उहाँले भन्नुभयो, 'तास खेल्दा खेल्दै पत्ती नै हरायो अब केमा खेल्ने ?'
अपेक्षा गरेभन्दा बढी उत्साहजनक ढंगले देशमा लगानी भित्रिएको दाबी पनि उहाँले गर्नुभयो । उहाँले यसवर्ष मात्रै ४ सय वटा झोलुङ्गे पुल बनेको, ४० वटा तुइन विस्थापित भएको तथा ८ सय किलोमिटर कालोपत्रे भएको भन्दै सरकारले बिग्रेको देशको अर्थतन्त्रलाई ठिक बाटोमा ल्याएको बताउनुभयो । उहाँले सामान्य विषयलाई अनावश्यक उचालेर पार्टी फुट्छ भनी भ्रम फैलाउने काम भएकोमा आपत्ति जनाउनुभयो । भवितव्यले एकता नभएको भन्दै उहाँले नयाँ वर्षसँगै अभियान र अभिभाराको पाटो पनि पल्टिने र नयाँ अठोटका साथ पार्टी अघि बढ्ने स्पष्ट पार्नुभयो ।
सरकारको मुख्य उद्देश्य शान्ति सुव्यवस्था कायम गर्दे लोकतन्त्रको सही अभ्यासका साथ विकास निर्माणका काम अघि बढाउने रहेको भन्दै उहाँले प्रदेश सरकारलाई पनि संघीय सरकारले जस्तै काम गर्ने प्रेरणा दिदै त्यसैअनुसार काम अघि बढाइने स्पष्ट पार्नुभयो ।
उहाँले नेपालको कम्युनिष्ट आन्दोलनले आफ्ना संगठित अभियानका गौरवपूर्ण र सफलताका ७० वर्ष पूरा गरेको उल्लेख गर्नुभयो । एकताको टुंगो लगाएसँगै लामो समयदेखिको नेपालीको आकांक्षा पूरा भएको भन्दै उहाँले यसबाट नागरिकको जित भएको बताउनुभयो । उहाँले विगतमा कम्युनिष्ट नेताका विचारलाई लखेट्ने र विचारको नभई स्वार्थको राजनीति हुने गरेको र त्यसले देशको कम्युनिष्ट आन्दोलनलाई कमजोर पार्ने काम भएको चर्चा गर्दै अब भने त्यसो नहुने दाबी गर्नुभयो । एकतासँगै पार्टी सामाजिक न्याय सहितको सम्मृद्धि र लोकतन्त्र स्थापनाको गहन सुझबुज र प्रतिवद्धताका साथ अघि बढेको स्पष्ट पार्नुभयो ।
एकीकरणको प्रक्रिया अघि बढेको भन्दै बाँकी विषयलाई केही दिनमा नै टुंगो लगाइने उहाँले बताउनुभयो । पार्टी नेतृत्व एकढिक्का भएर सबै कामको नेतृत्व गर्न सक्षम छ भन्ने व्यवहारले देखाएको बताउनुभयो । उहाँले एकतामा पुर्याएको सहयोगका लागि अर्का अध्यक्ष पुष्पकमल दाहाललाई अनि एकताको दबाब दिने, आकांक्षा राख्ने सबैलाई धन्यवाद दिनुभयो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।