माझी समुदायले लदी पर्व मनाउँदै
फागुन २०, २०८१ मंगलबार
भक्तपुर-अरनिको राजमार्ग अन्तर्गत भक्तपुरको सूर्यविनायक–६ पाण्डुबजारमा मिनी ट्रकले मोटरसाइकललाई ठक्कर दिएपछि आगलागी हुँदा दुई जना घाइते भएका छन् ।
सोमबार अपरान्ह सूर्यविनायकबाट सल्लाघारीतर्फ जाँदै गरेको बा ४ प ५७३४ नम्बरको मिनी ट्रक र को २१ प ३९५४ नम्बरको मोटरसाइकल ठक्कर खाँदा मोटरसाइकलमा एक्कासी आगलागी भएर दुर्घटना भएको प्रहरीले जानकारी दिएको छ ।
महानगरीय प्रहरी वृत्त जगातीका प्रहरी नायव उपरीक्षक शिशु शर्माले ट्रक र मोटरसाइकल ठक्कर खाँदा मोटरसाइकलमा एक्कासी आगलागी हुँदा मोटरसाइकलमा सवार दुईजना घाइते भएको बताउनुभयो । घाइते हुनेमा मोटरसाइकल चालक रामेछाप उमाकुण्ड गाउँपालिकाका २३ वर्षीय राजु गुरागाई र २६ वर्षीय कुशल गुरागाई रहेका छन् । घाइते दुबै जनाको मध्यपुर अस्पतालमा उपचार भइरहेको छ ।
मोटरसाइकल भने जलेर पूर्ण रुपमा क्षति भएको छ । मोटरसाइकलको आगो जुद्ध वारुण यन्त्र भक्तपुरले नियन्त्रणमा लिएको थियो । प्रहरीले मिनी ट्रकसहित दोलखा मेलुङ्ग घरभई हाल सूर्यविनायक–५, कटुञ्जे बस्ने चालक २५ वर्षीय रामकुमार भण्डारीलाई नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरेको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।